तस्करीको लागि लुकाइएको काठ बरामद
तस्करी गर्नका लागि चिरान गरेर लुकाइएको काठलाई वनकर्मीको टोलीले बरामद गरेको छ। कैलालीको चुरे गाउँपालिका–५ मौरी गाउँस्थित सिस्नुको झाङमुनि लुकाइ राखेको अवस्थाबाट काठ बरामद गरिएको हो।
अख्तियारमा साढे चार सय उजुरी, १५० उजुरीमाथि विस्तृत अनुसन्धान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् ।
पाँच वर्षदेखि लगातार तीन करोड बजेट, योजना भने अलपत्र
खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् ।
कांग्रेस बाजुराद्वारा १३ जना उम्मेदवारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
संवेदनशील मतदान केन्द्रको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा मतदान स्थल अनुगमनलाई तीव्र बनाइएको छ । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका मतदान स्थल र सुरक्षासम्बन्धी जानकारी लिनुका साथै सुरक्षा योजना निर्माणका लागि भन्दै अनुगमन तीव्र बनाइएको हो ।
बजेट आए पनि खानेपानी आएन
खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि बैतडी मेलौलीका ४२५ घरपरिवारका लागि खानीपानी आएको छैन । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोका पूरा हुन सकेको छैन ।
आठौँ पटक चुनाव लड्ने तयारीमा देउवा
प्रतिनिधि सभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठौँ पटक चुनाव लड्ने सम्भावना बढेको छ । २०४८ सालदेखि चुनाव जित्दै आउनुभएका सभापति देउवा आठौँ पटक त्यहाँबाट चुनाव लड्ने तयारीमा रहनुभएको जिल्लाका नेताहरू बताउनुहुन्छ ।
पर्यटकको रोजाइमा आमपानीको झरना
टिकटक र भिडियोमार्फत चर्चा बटुलेको आमपानी क्षेत्रमा पर्यटकको भिडभाड लाग्ने गरेको छ । कहिलेकाहीँ मात्र पर्यटक जाने आमपानीमा हिजोआज पर्यटक खाली हुँदैनन् । कोही अटो लिएर, कोही बसमा त कोही मोटरसाइकलमा आमपानी पुग्ने गर्छन् । आमपानी लम्कीदेखि आठ किलोमिटर उत्तरतर्फ चुरेको फेदीमा रहेको प्राकृतिक रमणीय छटाले भरिपूर्ण छ ।
उपकुलपतिका लागि तेस्रो पटक आवेदन आह्वान
कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र नभेटिएपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ ।
कञ्चनपुरका दुई निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
कैलालीबाट कांग्रेसका तिस जना उम्मेदवारका आकाङ्क्षी
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलालीमा उम्मेदवारका आकाङ्क्षी धेरै देखिएका छन् । उम्मेदवार टुङ्गो लगाउनका लागि सो पार्टीले आकाङ्क्षीको नाम माग गरेपछि पाँच वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि ३० जनाको नाम जिल्ला समितिमा पुगेको हो ।
मुख्यमन्त्री शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ ।
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित
स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले स्वयं सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका खेलिरहेका छन् ।
नेपाली कांग्रेस जाजरकोटले गर्यो उम्मेदवार सिफारिस
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कांग्रेस जाजरकोटले पाँच जनाको नाम सिफारिस गरेको छ । जाजरकोट सदरमुकाम खलङ्गामा बसेको पार्टीको बैठकले उम्मेदवार सीफारीसको निर्णय गरेको जनाइएको छ ।
मोबाइल र साइकल सहयोग पाएपछि भलमन्सा र चौकिदारलाई काम गर्न सजिलो
थारु समुदायमा गाउँघरमा आईपर्ने साना तिना समस्या समाधानका लागि होस या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।
बडीमालिकाले वडामा छाउगोठ मुक्त घोषणा कार्यक्रम सुरु गर्दै
बाजुराको बडीमालिका नगरपालिकाले यहाँका वडामा छाउगोठ मुक्त घोषणा गर्ने कार्यक्रम सुरु गर्दै आएको छ ।
पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बस्नुभएका करनबहादुर ऐर । पैसठ्ठी वर्ष नाघ्नै लाग्नुभएका उहाँका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ ।
जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र
कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरुलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ ।
घोडेटो बाटो निर्माणमा नौ करोडभन्दा बढी खर्च
दार्चुलाको व्यास घोडेटो बाटो निर्माणमा विगत नौ वर्षमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गरेर कुल नौ करोड ३० लाख ५६ हजार ३७२ रुपियाँ खर्च भएको छ ।
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए
सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।
हत्या आरोपमा एक पक्राउ
बर्दियामा एक युवकको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङका महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–१ मंझराबाट पक्राउ गरेको छ ।
फेरीले फेरिएको जीवनशैली
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका स्वामिकार्तिक खापर र जगनाथ गाउँपालिकाको बीचमा कर्णाली नदी रहेको छ ।
‘विकासनिर्माणमा लापर्बाही सह्य हुँदैन’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासनिर्माणमा ढिलासुस्ती र लापर्बाही प्रदेश सरकारलाई सह्य नहुने बताउनुभएको छ । धनगढीमा भएको बहुवर्षीय
पर्यटकबाट एक महिनामा दुई लाख २७ हजार राजस्व सङ्कलन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको एक महिनामा दुई लाख २७ हजार पर्या–पर्यटन शुल्क उठाएको छ । निकुञ्जले चालू आर्थिक वर्षमा असोज महिनादेखि सफारी खुला गरे पनि कात्तिक महिनामा आन्तरिक तथा बाह्य पर्यटकबाट दुई लाख २७ हजार १२९ रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको हो ।