शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लोकेन्द्रप्रसाद जोशी
दार्चुला, कात्तिक ७ गते । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेत भन्ने ठाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गाडीको बिच सिटमा बेहोस अवस्थामा फेला परेको र उद्धार गरी स्वास्थ चौकी पठाइएको वडाअध्यक्ष धिरेन्द्र धामीले बताउनुभयो । प्रहरीका अनुसार गाडी सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो ।
यता स्थानीयहरूले बेहोस अवस्थामा भेटिएका ठगुन्नाको मृत्यु भइसकेको बताएका छन् । जिप कसले चलाएको हो र कसरी दुर्घटना भयो भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ ।
चालकको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय लटिनाथका प्रनानी जंगबहादुर चन्दले बताउनुभयो ।