कञ्चनपुर कारागारभित्रै आक्रमण, घाइतेको टाउकोमा १२ टाँका
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान लागुऔधष मुद्दाका थुनुवाहरूबीच विवाद हुँदा सो घटना भएको हो ।
इँटामा क्षति भएपछि व्यवसायी चिन्तित
बेमौसमी वर्षाले काँचो इँटामा ठुलो नोक्सान गरेपछि इँटा व्यवसायी चिन्तित् भएका छन् । इँटाले मूल्य नपाइरहेको अवस्थामा बेमौसमी वर्षाले झन क्षति बेहोर्नु परेको भन्दै उनीहरु चिन्तित् भएका हुन । प्री–मनसुन अवधिमा शुक्रबार भएको वर्षाले काँचो इँटा पूर्ण रुपमा नष्ट भइ इँटा उद्योगमा ठुलो क्षति भएको छ ।
ग्यास अभावको हल्लाले बाजुराका महिला दाउरा सङ्कलनमा जुटे
बजारमा ग्यास अभाव भएको हल्ला फैलिएसँगै बाजुराका अधिकांश ग्रामीण बस्तीका महिलाहरू दाउरा सङ्कलनमा जुटेका छन् ।
विकासको गुमनाममा गुम्बा गाउँ
मानव विकास सूचकाङ्कका आधारमा बाजुरा जिल्ला देशका ७७ जिल्लामध्ये पछिल्ला स्थानमा पर्छ। यही जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बा गाउँ अझै पनि राज्यको विकासबाट गुमनाममै रहेको छ।
कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो ।
बाल साहित्यकार विजयराज आचार्य बालबालिका भेट्न बैतडी गाउँमा
नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्य बालबालिकालाई भेट्न काठमाडौँबाट बैतडीका दुर्गम गाउँ आइपुग्नु भएको छ। उहाँको भ्रमणको मुख्य उद्देश्य बालबालिकालाई कथा लेखन सम्बन्धी तालिम दिनु र गाउँमा रहेका बाल कथाहरू खोज्नु हो।
अब नझुक्याउन टीकापुरवासीको अनुरोध
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गर्न लागेको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको ऐन छिटो ल्याउन टीकापुरवासीले अनुरोध गरेका छन् । शुक्रबार टीकापुर नगरपालिकामा भएको सर्वदलीय, सर्वपक्षीय बैठकका सहभागीले यस्तो अनुरोध गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने घोषणा गरेको थियो भने सो वर्ष पाँच करोड रुपियाँ र चालु आवमा पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ ।
‘सुखड–भजनी सडकलाई भारतीय बजारसम्म जोड्न पहल गर्छु’
लामो समयदेखि जनप्रतिनिधि हुने प्रयास गरिरहेका जगतप्रसाद जोशी कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य बन्न सफल हुनुभएको छ । विगतमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्दै आएका जोशी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ ।
घटे एसइई परीक्षा दिने विद्यार्थी
माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने नियमित विद्यार्थी बर्सेनि घट्दै जान थालेका छन् । तथ्याङ्क अनुसार चार वर्षअघि नियमित परीक्षा दिने पाँच हजारभन्दा बढी विद्यार्थी हुन्थे भने यो वर्ष नियमित परीक्षा दिने विद्यार्थी सङ्ख्या घटेर तीन हजार ९२१ रहेको छ । बसाइँसराइ र बेरोजगारी जस्ता कारणले नियमित परीक्षा दिने विद्यार्थी घट्दै गएको पाइएको छ ।
काठमाडौँबाट दार्चुला जाँदै गरेको बस दुर्घटना
काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो ।
वर्षाले मुसुरो र केराउ बाली नोक्सान
चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ ।
सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ ।
इदले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाओस्ः प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद–उल–फित्र) ले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचाराको भावना अझ सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
बैतडीमा ट्रक दुर्घटना : चालकसहित चार जना घाइते
बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
बेमौसमी वर्षाले बैतडीका किसान उत्साहित
लामो समयदेखि परेको खडेरीपछि भएको हिउँदे (बेमौसमी) वर्षाले बैतडीका किसानमा उत्साह थपिएको छ । समयमा वर्षा नहुँदा बाली सुक्ने चिन्तामा रहेका किसानले वर्षासँगै राहत महसुस गर्न थालेका छन् ।
चुनाव सकिएसँगै सुनसान बन्दै गाउँबस्ती
बाजुरामा चुनाव सकिएसँगै अधिकांश गाउँबस्ती सुनसान बन्दै गएका छन् । निर्वाचनका बेला गाउँमा आएकाहरू पुनः कामको खोजीमा धमाधम भारत जान थालेपछि अहिले यहाँका गाउँबस्ती सुनसान बन्दै गएका हुन् ।
राज्य नै अभिभावक भएको अनुभूति गराउँछौँ
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले नागरिकले सरकार होइन, सरकारले नागरिक खोज्ने परिपाटी विकास गरिने बताउनुभएको छ । सरकारले नागरिकको अवस्था बुझ्न सके मात्रै मुलुकको आमूल परिवर्तन सम्भव हुने धारणा उहाँको छ ।
ग्यास अभावको असर : भारतमा रहेका नेपाली मजदुर फर्किंदै
भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् ।
पूर्व तयारीसाथ विद्यार्थीको विदाई
बाजुराको तोली देवलडाँडा मावि तोलीले कक्षा १० र १२ का विद्यार्थीलाई पूर्व तयारीसाथ विदाई गरेको छ । त्रिवेणी नगरपालिका –४ तोलीमा रहेको तोलीदेवलडाँडा माविले दश कक्षाका विद्यार्थीको चैत १९ गतेमा एसईई र १२ कक्षाका विद्यार्थीको बैशाखमा परीक्षा हुने भएकाले उनीहरुलाई त्यो परीक्षामा सामेल हुनेगरी पूर्व तयारीका साथ विदाई गरेको हो ।
कञ्चनपुरमा आमाहत्याका आरोपी श्रेष्ठलाई सात दिन म्याद थप
कञ्चनपुरमा ७५ वर्षीय आमाहत्याका आरोपी गर्ने ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।
स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ ।
गाउँमै उपचार सेवा विस्तार
बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा पछिल्लो समय स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ ।
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।
गेटाको विश्वविद्यालय सञ्चालन प्रमुख एजेन्डा
लामो समय शिक्षण, कृषि उद्यम र सामाजिक सेवामा संलग्न खेमराज कोइराला अब सङ्घीय संसद्मा जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुग्नुभएको छ । कोइराला राजनीतिमा नयाँ मानिनुहुन्छ । राजनीतिमा आउनुअघि उहाँ कुनै पनि दलको सक्रिय भूमिकामा हुनुहुन्थेन । कोइरालाको जन्म गौरीगङ्गा नगरपालिका–१, मङ्गलपुरमा २०३३ मा निम्नमध्यम वर्गीय परिवारमा भएको हो ।