बोलाइयो कार्यव्यवस्था समितिको बैठक
गत भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनपछि स्थगित रहेको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सञ्चालन हुने देखिएको छ । प्रदेश सभा सचिवालयले बैठक सञ्चालनका लागि तयारी थालिसकेको छ । प्रदेश सभा सञ्चालनकै लागि छलफल गर्नका लागि सभामुख भीमबहादुर भण्डारीले कार्य
कारागार विवाद छानबिन गर्न समिति गठन
कञ्चनपुर कारागारमा भएको विवाद र भ्रष्टाचारजन्य कार्यको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहोरा सदस्य रहने गरेर तीनसदस्यीय छानबिन समिति गठन गरिएको छ ।
शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बेसडर
युवा क्रिकेटर शेर मल्ल धनगढीस्थित एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त हुनु भएको छ ।
आहा ! आलिताल
पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।
ऐनविपरीत चौकीदार र नाइके तोकिएका बारे छानबिन हुने
कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार, नाइके र सहनाइके तोकिएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यसबारेमा छानबिन गर्ने भएको छ । कारागार व्यवस्था ऐन, २०७९ को दफा ५४ को (३) उपदफा (१) बमोजिम कारागारको आन्तरिक व्यवस्थापनका लागि तोकिने चौकीदार, नाइके वा सहनाइके तोक्दा एक वर्षभन्दा बढी समयका लागि तोक्नु हुँदैन तर कञ्चनपुर कारागार प्रशासनमा विगत आठ वर्षदेखि एउटै कै
घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।
दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै
जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ ।
भुवा र भस्सोको रौनक सुरु
ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे.... भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेले यो भाका वाचन गर्ने गर्छन् ।
कञ्चनपुर कारागारमा मदिराको कारोबार
कञ्चनपुर कारागारमा हुँदै आएको बेथिति सतहमा आएको छ । कारागारका कैदिबन्दीहरु नै कारागारमा हुँदै आएको बेथितिविरुद्ध विरोध जनाउँदै कर्मचारी र नाइकेविरुद्ध एकजुट भएपछि कारागारको बेथिति सतहमा आएको हो ।
पालमा बसेका आरक्षपीडितलाई चिसोको समस्या
शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित हुनुभएका ७४ वर्षीय जयभान भट्ट चिसोले कठ्याङ्ग्रिँदै पालमुनि बस्दै आउनुभएको छ ।
कञ्चनपुर कारागारमा झडप : घाइतेको सङ्ख्या सात पुग्यो
कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् ।
बैतडीका महिला व्यावसायिक बेसारखेतीमा
बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् ।
कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताबाट सवारी साधनको गति परीक्षण सुरु
कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी साधनको गति जाँच गर्न ‘राडार स्पिड गन’को प्रयोग गर्न थालेको हो ।
प्रदेशका योजना सञ्चालनमा छैन एकरूपता
सुदूरपश्चिम प्रदेशका योजना तथा कार्यक्रम सञ्चालनमा अन्योल दखिएको छ । एउटै प्रदेश अन्तर्गतका यहाँका केही कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ का योजना तथा कार्यक्रम सञ्चालन गरिरहेका छन् भने केही कार्यालय अझै सम्बन्धित मन्त्रालय र मुख्यमन्त्रीको निर्देशन पर्खिरहेको अवस्थामा छन् ।
शुक्लाफाँटामा बाघ गणनाको तयारी
नेपालमा सबैभन्दा थोरै क्षेत्रमा बढी बाघ रहेको सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । बाघको पछिल्लो सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय बाघ गणना अन्तर्गत बाघ गणनाको तयारी गरिएको हो । नेपालमा तीन वटा क्लस्टर छुट्याएर बाघ गणना गरिँदै छ ।
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिमबाट एक वर्षमै ५० हजार युवा विदेशिए
सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् ।
महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनु पर्ने बताउनु भएको छ ।
पचासी प्रतिशत घरधुरीमा खानेपानी
बैतडीका ८५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पुगेको छ । खानेपानीको पहुँच पुग्न बाँकी १५ प्रतिशत घरधुरीमा पानी पु¥याउन १९२ वटा खानेपानीका क्रमागत योजना सञ्चालनमा रहेका छन् । जिल्लाका १० स्थानीय तह र ८४ वडामा ४९ हजार घरधुरी छन् ।
भुवो पर्वका अवसरमा बिदा
सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवो पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोह्र निर्वाचन क्षेत्रबाट एक सय जनाको नाम सिफारिस
कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिले १६ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिलाई सिफारिस गरेको छ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदेशका नौ वटै जिल्लाका १६ वटा निर्वाचन क्षेत्रबाट एक सय जना उम्मेदवारको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिनुभयो । कांग्रेसका जिल्ला कार्यसमितिले क्षेत्रीय समितिमा सिफारिस गरेका प्रत्यक्षतर्फ, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारका आकाङ्क्षीको केन्द्रीय समितिमा सिफारिस गरिसकेको उहाँले बताउनुभयो ।
पूर्वाधार अनुगमनमा मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सुदूरपश्चिम प्रदेशका विभिन्न भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन तथा नयाँ आयोजनाको शिलान्यास गर्नुभएको छ ।
वडा कार्यालयबाट सात लाख बराबरको सामग्री चोरी
कञ्चनपुरको एक वडा कार्यालयमा सात लाख रुपियाँ बराबरको चोरी भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ वडा कार्यालयमा प्रवेश गरी अज्ञात समूहले सात लाख बराबरको अत्यावश्यक उपकरण चोरी गरेर लगेको वडा अध्यक्ष तुलसी अर्यालले बताउनुभयो ।
उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र
कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएका छन् ।