• ७ चैत २०८२, शनिबार

चुनाव सकिएसँगै सुनसान बन्दै गाउँबस्ती

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत  ८ गते । बाजुरामा चुनाव सकिएसँगै अधिकांश गाउँबस्ती सुनसान बन्दै गएका छन् । निर्वाचनका बेला गाउँमा आएकाहरू पुनः कामको खोजीमा धमाधम भारत जान थालेपछि अहिले यहाँका गाउँबस्ती सुनसान बन्दै गएका हुन् । खप्तड छेडेदह गाउँपालिकाका रामबहादुर रोकायाले निर्वाचनमा मतदान गर्न आएका युवा अहिले फेरि कामको खोजीमा बाहिरन थालेपछि गाउँबस्ती पनि सुनसान बन्दै गएको बताउनुभयो । उहाँले भन्नभुयो, “अहिले अधिकांशगाउँबस्ती खाली भइसके ।”

कात्तिकमा धान भित्र्याएर मङ्सिरमा गहुँ लगाएपछि बाजुराका गाउँबस्तीका प्रायः तन्नेरी भारततर्फ हिँड्ने गर्छन् । हिउँदे खेती लगाएर भारत पसेकाहरू फेरि वैशाख, जेठमा घर फर्की बाली भित्र्याउँछन् । असारमा खेती लगाएर साउन लाग्दानलाग्दै पुनः कामको खोजीमा भारत पस्छन् । रोकाया भन्नुहुन्छ, “बाजुराका नौ वटै पलिकाका अधिकांश युवा अहिले भारतका विभिन्न ठाउँमा भेटिन्छन् ।”