शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ७ गते । देशभरका इस्लाम धर्मावलम्बीले शनिबार ईद–उल–फित्र (इद) पर्व मनाइरहेका छन् । यो पर्व व्रत पूरा भएपछि अर्को दिन मनाइन्छ ।
सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । शनिबार बिहानै काठमाडौँको घण्टाघर नजिकका मस्जिद र अन्य मस्जिदमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गर्दै पर्व मनाएका छन् ।
इद–उल–फित्रमा ‘सेवई’ खाएर र सामूहिक रूपमा नमाज पढेर पर्व मनाइन्छ । यस महिना इस्लाम धर्मावलम्बीहरूले जकात (दान) दिने चलन छ र यसलाई पुण्य कमाउने महत्त्वपूर्ण अवसरको रूपमा लिने गरिन्छ ।














केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।