देशभरका इस्लाम धर्मावलम्बीले शनिबार इद–उल–फित्र (इद) पर्व मनाइरहेका छन् । यो पर्व व्रत पूरा भएपछि अर्को दिन मनाइन्छ ।
'प्राकृतिक श्रोत जल, जमिन र जङ्गलमाथी जनजातिको अधिकार सुनिश्नित गर ! प्राचिन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशहरुको पुन: नामाङ्कन गर' भन्ने नाराका साथ महासंघद्वारा झाकि र्यालीकाे आयाेजना गरिएकाे हाे ।
नागरिक लागानी कोषले आफ्नो स्थापनाको ३६ औँ वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी १६ वर्षीया इनिसा विक घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।
अहिले भृकुटीमण्डपको पार्कदेखि काठमाडौँ उपत्यका विभिन्न सडक छेउ थरीथरीका फूलले सुन्दर देखिएका छन् ।
ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो ।
नेपालमा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका छन्।
बुधबार काठमाडौँका सडक सुनसान देखिएका छन् । बिहीवार हुने आम निर्वाचनका लागि मतदान गर्न काठमाडौँमा बसोबास गर्दै गरेका मतदाता जिल्लाजिल्लामा गएपछि काठमाडौँका सडक सुनसान बनेका हुन् ।
काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा सोमबार फागु पूर्णिमा (होली) पर्व रङ खेलेर मनाइएको छ। काठमाडौँको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ ।
नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आइतबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सेनाले महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा आयोजना गरेको विशेष समारोह सैन्य परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरि मनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार काठमाडौँ फर्किनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी शुक्रबार देशभर मनाइँदैछ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ ।