दाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मङ्गलबार बिहान काठमाडौँ उपत्यका र तराई–मधेशका विभिन्न जिल्लालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।
छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ ।
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गरिन्छ । अहिले काठमाडौं उपत्यकासहित तराई–मधेशमा छठको रौनक सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरू गरेको छ ।
नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किनमेल गर्नेको चहलपहल बढेको छ ।
दसैँ मनाउन घर गएका सर्वसाधारण कर्मथलो काठमाडौँ फर्कन थालेका छन् । उपत्यका प्रवेश गर्ने नाकामा दसैँ मनाएर फर्किने यात्रुको चाप बढेको छ ।
हिजो भीषण पानी परेको काठमाडौं उपत्यकामा आज मौसमले साथ दिएपछि आकाश खुलेको छ । फाटफुट मात्रामा घाम लागेपछि उपत्यकाबासीलाई राहत महुशस भएको छ । आकाश खुलेपछि उपत्यकाको वातावरण सामान्य बन्दैगएको छ ।
अविरल वर्षासँगैको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तै काठमाडौँमा अवस्थित बल्खुमा रहेको तरकारी बजार पनि डुबानको मारमा परेको छ ।
हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ ।
हिन्दुहरुको महान् चाड बडा दसैँ आज (सोमबार)बाट सुरु भएको छ । यस अवसरमा सोमबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो ।
जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार सरकारले आधा झण्डा झुकाउँदै शोक मनाएको छ।
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदैछ ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (सोमबार) देखि विधिवत् आरम्भ भएको छ ।
नेपालले शनिबार र मंगलबार बंगलादेशसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ। एन्फाले शुक्रबार प्रि–म्याच कन्फ्रेन्सको आयोजना गर्दैै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धाबारे जानकारी दिएको हो।