नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।
आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ ।
नेपाल संवत् ११४३ बुधबारबाट शुरू भएकाे छ । शङ्खधर साख्वाः प्रतिष्ठानले बुधबार मध्यपुुरथिमि, भक्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा केही दृश्यहरू
काठमाडौं, कात्तिक ७ गते । तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गरी मनाएको छ । कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएकाे थियो । कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो । प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कुकुरलाई इमान्दार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।
तिहारलाई लक्षित गरेर १५औँ गोदावरी पुष्प मेला ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको छ ।
पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानले विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्देश्यले र्यालीकाे आयोजना गरेको हो ।
बिजुली पोलमा लाइनसर्ट हुँदा आगलागी भएको छ । काठमाडौंको अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरण भवन अगाडि बिजुलीको दुई वटा पोलमा आगो लागेको थियो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ।
दशैं सकिएसँगै लगत्तै किसानलाई धान भित्र्याउने चटारो थपिएको छ । यसपालि ढिलासम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन् ।
दशैं अर्थात् नवरात्र सुरु भएको सातौँ दिन आज आइतबार ।दशैं मनाउन र आफन्तको हातबाट टिका ग्रहण गर्न काठमाडौँ उपत्यकाबाट घर जानेको अझै पनि लर्को लाग्ने गरेको छ । आइतबार र सोमबारसम्ममा उपत्यका छाड्नेहरू अन्तिम हुने गर्छ ।
आज दसैँको सातौँ दिन अर्थात् फूलपाती भित्र्याउने दिनमा देशैभर फूलपाती भित्राइएको छ। नवरात्रीको सातौँ दिन अर्थात् सप्तमीलाई ‘फूलपाती’ भनिन्छ ।
काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गर्दै बजार अनुगमनलाई जारी राखेकाे छ। अनुगमनकै क्रममालाई बुधबार महानगरकाे टाेली कुलेश्वर पुगेकाे छ।
बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ शुक्रबारबाट सञ्चालनमा आएको छ। काठमाडौं महानगरले पार्किङ सञ्चालनमा ल्याएको हो।
असोज ३ गते अर्थात् सोमबार बिहान काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत देशका उच्च तहका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
काठमाडौं, भदौ २९ गते। आज ५८ औं राष्ट्रिय बाल दिवस देशभार विभिन्न कार्यक्रम गरेर मनाइएको छ। ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नाराका साथ राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा किताब चरो नेपाल र नेपाल बाल संगठनको संयुक्त आयोजनामा राष्ट्रपति कार्यालयमा सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गरेर मनाएको छ। कार्यक्रममा विभिन्न विधामा भएको प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण, सास्कृतिक प्रस्तुति तथा कविता वाचन गरिएको थियो।