तमू ल्होसार “तो ल्हो” (बाघ वर्ग) को बिदाइ तथा “हि ल्हो” (बिरालो वर्ग) को स्वागत गरेर मनाउने तमू ल्होसारको तयारी पूरा भएको छ ।
कार्यक्रममा ललितपुर महानगरपालिका भित्रका स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको उपस्थिति थियो ।
ललितपुर महानगरपालिकाले १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनीको गरेको छ। ललितपुर नगर प्रहरीको संयोजनमा प्रदर्शनी आयोजना भएको हो ।
सुनुवार जातिले काठमाडौंको टुँडिखेलमा चण्डी नाच नाचेका छन् ।
शनिबार ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । समावेशी विकासका लागि रुपान्तरिक समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै शक्तिलाई जोड्नसक्ने नेतृत्व आवश्यक भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “नेतृत्वले चाहेमा दश वर्षमा विकासको क्षेत्रमा कायापलट गर्न सक्छ। विकासमा चमत्कार गर्न सक्ने र सबैको चाहना बुझ्ने नेतृत्व चाहिएको छ।”
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ना गरिएको म्यादी प्रहरीको बिदाइ गरिएको छ ।
ललितपुरको क्षेत्र नं ३ को मतगणना जावलाखेलस्थित स्थानिय विकास प्रशिक्षण प्रतिष्ठाको हलमा भइरहेको छ ।
भोलि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे निर्वाचनको लागि ललितपुरमा मतदान केन्द्रको काम धमाधम भइरहेका छन् ।
सिटी साेलारले काठमाडौं महानगरपालिकामा जडित सोलार प्यानल सफा गर्न थालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको सडक किनारमा रहेको रुख काटिएको छ । रुख ठुलो भएर विद्युत् तारलाई छोएर करेन्ट सर्ट हुने व्यक्तिको घरमा असर पुर्याउने गरेको उजुरी पछि काठमाडौँ महानगरपालिकाले त्यस क्षेत्रको रुख मंगलबार बिहान काटेका हुन् । काठमाडौँ महानगरपालिकाका अनुसार करिब दुई दर्जन बढी रुख काटिएको जनाएको छ ।
न्युरोडस्थित सङ्कटा मन्दिरमा शनिबार भक्तजनको भीड लागेको छ। कात्तिक महिनाको अन्तिम शनिबार संकटा मन्दिरमा भीड लागेको हो।
मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ। मंगलबार साँझ ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेको हो।
उपत्यकामा कुपण्डोलबाहेक कमलपोखरी, गौरीघाट, मनोहरा, टेकु लागायत क्षेत्रमा पूजापाठ गरेर छठपर्व मनाइएको छ।