काठमाडौं भदौ २८ गते। लेखक तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीको पल पलको मृत्यु लोकार्पण भएको छ। काठमाडौंको मण्डला नाटक घरमा मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले लोकार्पण गर्नुभएको हो। जनयुद्धको समयमा भोगेका दुःख कष्ट, नेपाली सेनाले जेलहालेको, जेलमा बस्दा पाएको यातना, जेलमा बसेको समयमा आफ्नो बुवा भेट्न आउदा तीन हजार खर्च हातमा थमाई दिएको, घरपरिवारले छोरा आउने आशमा बसेको, आफन्त नातेदारले बेला बेलामा मरेको खबर पुर्याएको सन्दर्भलाई समेटेर उहाँले पलपलको मृत्यु पुस्तक तयार पार्नुभएको हो। पुस्तकमा २०६२।६३ को जनआन्दोलन, शान्ति सम्झौतापछि जेलबाट छुटेर घर फर्किएर आमालाई भेटेको सन्दर्भलाई नाटकमार्फत् मञ्चन गरिएको छ। पुस्तक सार्वजनिक समारोहमा उक्त नाटक प्रदर्शन भएको हो। नाटकमार्फत् पुस्तकको केही अंश प्रदर्शन गरिएको हो।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । काठमाडौंमा भारी वर्षा भएका कारण अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व राजधानीको टुँडिखेलमा मनाइएको छ। हरेक वर्षजस्तै शनिबार सुदूरपश्चिममबाट काठमाडौं आएर बसोबास गर्ने समुदायले सद्भाव र एकताको सन्देश दिने गौरा पर्व मनाएका हुन्।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाहरूले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
पुरानो बसपार्कमा २०७१ सालमा ‘भ्यू टावर’ बन्न थालेपछि केही समय बस पार्कको रुपमा प्रयोग भएको खुला मञ्चमा पक्की संरचना बन्न थालेपछि बसपार्क हटाइएको थियो।
भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ ।
काठमाडौं, साउन ३० गते । साउन महिनाको अन्तिम सोमबारका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।पाँच वटा सोमबारमध्ये यो साउनको अन्तिम सोमबार हो । आज बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भीड बढेकाले भक्तजनका लागि सहजरूपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।
आज (शुक्रबार) रक्षाबन्धन । यसै अवसरमा जनै लगाउन र हातमा डोरो लगाउन बिहानैदेखि ललितपुरस्थित बङ्गलामुखि मन्दीरमा दर्शनार्थीको भीड लागेको छ । यसै भीडलाई तस्विरबाट प्रस्तुत गरेका छौ ।
काठमाडौं, साउन २६ गते । यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन साउन २७ गते शुक्रबार परेको छ। यसलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ। यो दिन नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ। सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ। यो दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ। क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ। जनैपूर्णिको अघिल्लो दिन उपत्यकाका मुख्य चोक, बजार र पसलमा क्वाँटी, जनै, गाईजात्राका सामग्री र रक्षा बन्धन किन्नेको चहलपहल देखियो। यही चहलपहललाई १२ तस्बिरमा समेटिएको छ :
आज मङ्गलबार (साउन २४ गते) २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्सेनि भव्य रुपमा मनाउँदै आएका छन् ।
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजा गरी मनाइन्छ । यस वर्षको नाग पूजा साउन १७ गते मंगलबार (भोली) परेको छ ।
थ्रिडी चित्रकलालाई व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यले आठजनाको सक्रियतामा सुरू गरिएको म्युजियममा दुई सयभन्दा बढी विभिन्न आकृतिका चित्रहरू कोरिएका छन् ।
काठमाडौं, साउन ३ गते। काठमाडौं उपत्यकाको समस्या पार्किङ एक प्रमुख समस्या हो। बढ्दो शहरीकरण तथा सवारी साधनको बढ्दो चापले पार्किङ पाउन मुस्किल हुनेगर्छ। जसकारणले गर्दा मानिसले फुटपाथमा पार्किङ गर्ने गर्दछ। फुटपाथमा पार्किङ गर्नाले सर्वसाधारणलाई हिँडडुल तथा आवतजावत गर्नमा समस्या परेको छ। दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी फुटपाथमा पार्किङ गर्नाले साधारण मानिसलाई भन्दा अपाङ्गता भएकालाई झनै समस्या पर्ने गरेको छ। कतिपय स्थानमा सडकपेटी अपाङ्ग मैत्री बने पनि सावारी पार्किङ गर्नाले आवतजावत गर्न निकै कठिन भएको पाइन्छ। उपत्यकाको बबरमल बानेश्वर सडकखण्ड, कुपण्डोल जावलाखेल सडकखण्ड, कलङ्की कोटेश्वर सडकखण्ड केही अपाङ्ग मैत्री बनेको छ। सडकमा सवारी पर्किङ गर्नाले विशेषत सेतो छडी टेकेर हिँडडुल गर्नेलाई समस्या भएको छ। स्थल अभावका कारणले कतिपय ठाउँका रिकण्डिसन तथा वर्कशपले शाखा सडक तथा फुटपाथ अतिक्रण गरेर सावरी बिक्री तथा मर्मत गर्न राखिएको पाइन्छ।जसकारण सर्वसाधारणलाई आवतजावत गर्न कठिन हुने र सवारीसाधनको ट्राफिक जाम हुने गरेको छ।
साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।