• ११ माघ २०८१, शुक्रबार

काठमाडौँमा पनि सकियो छठ (फोटो फिचर)

blog

काठमाडौँ, कात्तिक २३ गते । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वलाई विधिगत रुपमा बसमापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो । 

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन्।

आज व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गरेका थिए । 

उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती नदिकिनारमा वर्तालुले उदाउँदो सूर्यलाई अर्घ दिएका थिए ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।