• २० फागुन २०८२, बुधबार

चुनावको अघिल्लो दिन सुनसान काठमाडौँ (फोटो फिचर)

blog

सिंहदरबारको मुख्य प्रवेशद्वार अघि सुनसान देखिएको सडक । तस्बिर: केशब गुरुङ।

काठमाडौँ, फागुन २० गते । बुधबार काठमाडौँका सडक सुनसान देखिएका छन् । बिहीवार हुने आम निर्वाचनका लागि मतदान गर्न काठमाडौँमा बसोबास गर्दै गरेका मतदाता जिल्लाजिल्लामा गएपछि काठमाडौँका सडक सुनसान बनेका हुन् । 

सरकारले मतदान गर्न र निर्वाचनको वातावरण बनाउन बुधबार, बिहीबार र शुक्रबारका लागि सार्वजनिक बिदा दिएको छ । सरकारले तीन दिन सार्वजनिक बिदा दिएको र त्यही बिचमा शनिबार परेकाले काठमाडौँमा बसोबास गर्ने अधिकांश जिल्लाका मतदाता जिल्लाजिल्लामा गएका हुन् । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।