शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २८ गते । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी १६ वर्षीया इनिसा विक घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।
बिहीबार जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल र वैज्ञानिक समाजवादी संगठन नेपाल, गुर्भाकोटका युवालगायतले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। मृतक बालिका वीरेन्द्रनगरको उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन् । इनिशा २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्।
वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी थिइन्। घटनामा सहभागी भएको आरोमा चार जना किशोर पक्राउ परेका छन् । प्रहरीले घटनाको छानबिन भइरहेको बताएको छ ।










केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।