• १४ चैत २०८२, शनिबार

कृषि सामग्री कम्पनीमा मन्त्री चौधरीको अनुगमन (फोटो फिचर)

blog

कृषि सामग्री कम्पनीको अनुगमनमा कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी। तस्बिर : केशब गुरुङ ।

काठमाडौँ, चैत १४ गते । कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनीको अनुगमन गर्नुभएको छ । 

कुलेश्वर स्थित कृषि सामग्री कम्पनीको शनिबार मन्त्री चौधरीले अनुगमन गर्नुभएको हो । रासायनिक मल आपूर्तिको सम्बन्धमा छलफल गर्न, कम्पनीमा बाँकी रहेको मलको बारेमा जानकारी लिन, आगामी कार्यदिशा निर्धारण गर्न र नेपालमा खेती गर्ने समयमा मलको अभाव हुने गरेको छ,  उक्त अभावको न्युनीकरण कसरी गर्ने भन्ने विषयमा छलफल गर्नका लागि अनुगमन गर्नुभएको हो । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।