• २१ फागुन २०८२, बिहिबार

विदेशी निर्वाचन पर्यवेक्षकद्वारा मतदान केन्द्र अवलोकन

blog

प्रतिनिधिसभा सदस्य निर्वाचनको अवलोकन गर्दै रूस, बङ्गलादेश र श्रीलङ्काका निर्वाचन आयुक्तसहितका पर्यवेक्षकहरू। तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २१ गते । नेपालमा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका छन्।

रूस, बङ्गलादेश र श्रीलङ्काका निर्वाचन आयुक्तसहित नेपालका निर्वाचन आयोगका कर्मचारीहरूले मतदान केन्द्र पुगेर मतदान प्रक्रिया, व्यवस्थापन र सुरक्षा अवस्थाबारे अवलोकन गर्नुभएको हो।


निर्वाचन आयोगका अनुसार नेपालले हरेक निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अवलोकनका लागि निमन्त्रणा गर्ने प्रचलन रहेको छ। त्यसैगरी अन्य देशमा निर्वाचन हुँदा नेपालबाट पनि पर्यवेक्षक टोली सहभागी हुने गरेको छ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।