मगर समुदायले साउने सकराई र उधेलि पर्व मनाएका छन् । अठार मगरात मगर प्रतिस्थान लगायत विभिन्न ७ वटा संघ सस्थाको आयोजनामा काठमाडौंको थानकोटको त्रिभुवन पार्कमा आइतबार साउने सकराती पर्व मनाएका हुन् ।
मुस्लिम धर्मालम्वीहरुको महान पर्व बकर इद आज मनाइँदैछ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
दैनिक राहदानी बनाउन उपत्यकाको त्रिपुरेश्वर राहदानी विभागमा भीड लाग्ने गरेको छ। राहदानी वितरणमा ढिलासुस्ती हुँदा भीड बढेको सेवाग्राहीको गुनासो छ।
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । योगका आसनहरु प्रदर्शन गरेर कार्यक्रम मनाइएको थियो ।
। मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौंमा ३ गतेसम्म मनाइन्छ ।
आज गणतन्त्र दिवस हो । देशमा गणतन्त्र घोषणा भएको दिनलाई नै गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरिएको छ ।
१५ औं गणतन्त्र दिवस काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा टुँडिखेलमा विहान ७ बजेदेखि कार्यक्रम सुरु भएको थियो । विहानैदेखि मौसममा वदली हुँदा मध्यम प्रकृतिको वर्षा हुँदा कार्यक्रमलाई सामान्य प्रभावित बनाएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
महिला हिंसा रोक्न र बलात्कारीलाई शीघ्र कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा युवाले शनिबार प्रदर्शन गरेका छन्।
विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपाललगायत विश्वभर धुमधामका साथ मनाइएको छ । नेपालको लुम्बिनी प्रदेशको लुम्बिनीस्थित तिलाराकोटको राजदरबारमा आजभन्दा २५६६ वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको एक्लो सन्तानको रुपमा जन्म भएको हो । ‘एसियाको तारा’को उपनामले चिनिनुहुने बुद्धले २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभएको थियो ।
शुक्रबार (वैशाख ३० गते) देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ।
शुक्रबार (वैशाख ३० गते) देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ।
पाँच दलीय सत्ता गठबन्धन शुक्रबार राजधानीमा चुनावी सभा गरेको छ।काठमाडौँको शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा भएको हो।
मन्दिरको सहर भनेर चिनिने काठमाडौं उपत्यका यत्तिबेला भने ज्याकारान्डाको सुन्दरताले ढपक्क छोपिएको छ।
काठमाडाैं, वैशाख ७ गते । काठमाडौँ उपत्यकाका ठूला तरकारी बजारमध्येकाे एक बल्खु तरकारी बजारले काठमाडाैं महानगरकाे दक्षिण भेग, ललितपुर महानगरकाे पश्चिम, उत्तर र मध्य भाग, कीर्तिपुर र चाेभार भेगका स्थानीय जनता लाभान्वित भएका छन् । चाेभार र कीर्तिपुर, ललितपुरका ग्रामिण इलाका, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका कृषककाे उत्पादन पनि साे बजारमा पुग्ने गरेका छन् । बढ्दाे जनसंख्याका कारण साे क्षेत्रका उत्पादन मात्र हाेइन आसपासका जिल्लाका तरकारी उत्पादनले पनि पुग्ने अवस्था छैन । त्यसैले बाहिरबाट नै आयात गर्नुपर्ने अवस्था विद्यमान छ । मौसमी तथा बेमौसमी दुवै तरकारी तथा फलफूल बाहिरबाट आउने गरेको पाइन्छ ।छिमेकी मुलुक भारतबाट आयात गरिएका कटहरले नेपाली भान्छामा एक महिनादेखि छाइसकेको छ ।बल्खु तरकारी बजारमा विगत ६ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायी राजकुमार केशरीले भारतीय कटहर एक महिना पहिलेदेखि बजारमा आइसकेको बताउनुभयो । भारतीय कटहर भन्दा नेपाली कटहरको स्वाद मिठो हुने भएकाले नेपाली कटहरको बढी खोजी हुने गरेको उहाँको भनाइ छ । तर अहिले नेपाली कटहर बजारमा नआइसकेका कारण भारतीय कटहरले ठाउँ लिएको बताउनुभयो ।नेपाली तरकारी बजारमा छिमेकी मुलुकबाट आयातित तरकारी तथा फलफूलले ठूलो हिस्सा ओगटेको छ । अहिले नेपाली बजारमा रुख कटहर तयार भइसकेको छैन । तर बजारमा भने कटहरको तरकारी छ्याप्छ्याप्ती भेट्न सकिन्छ । बजारमा बोक्रा ताछेको कटहर सय रुपैयाँ किलोग्राम र बोक्रा नताछेको कटहर ८० रुपैयाँ किलोग्राममा बिक्री भइरहेको व्यवसायी केशरी बताउनुहुन्छ । उहाँको पसलमा दैनिक ८० देखि २०० किलोग्राम सम्म बिक्री हुने गरेको छ । बल्खु तरकारी बजारकै अर्का व्यवसायी विरेन्द्र पण्डितले होलसेल भन्दा खुद्रा किन्ने ग्राहकहरू बढी आउने गरेको बताउनुभयो । अहिले भारतबाट धेरै कटहर आइरहेकाले मूल्यमा पनि कमी आएको उहाँले बताउनुभयो ।