• ८ असार २०८१, शनिबार

टुँडिखेलमा साकेला रौनक (फोटो फिचर)

blog

काठमाडौँको टुँडिखेलमा साकेलामा सहभागी किराती समुदाय । तस्बिर: केशब गुरुङ

काठमाडौँ, जेठ २६ गते। उभौली पर्व किरात समुदायले महान् पर्वको रूपमा मनाउने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष जेठ १० गते उभौली परेको थियो। 

किरात समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ। यो पर्वको अवसरमा साकेला सिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ। 

साकेला सिली नाच्नुअघि सबैको घरघरमा हुइलुङ पूजा गरिन्छ। उभौलीकै अवसरमा आजको दिन काठमाडौँको टुँडिखेलमा किराती भेषमा युवादेखि वृद्धवृद्धा भेला भएर साकेला सिली नृत्य गरेका छन्। 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।