• ८ असार २०८१, शनिबार

एमालेको 'राष्ट्रिय महिला भेला' सुरु (फोटो फिचर)

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु । तस्बिर: केशब गुरुङ

काठमाडौँ, जेठ १६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको  छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित हुनुहुन्छ ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसङ्गठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागिता छ ।

वि.सं. २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । यसै दिनको  स्मरणमा भेलाको आयोजना गरिएको हो ।


यस्तै, भेलाको दोस्रो दिन १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुनेछ । समूह प्रस्तुतिपछि भने भेलाका निष्कर्षहरू सार्वजनिक गरिनेछ ।समापन कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।