राममणि दाहाल
मकवानपुर, चैत २२ गते । बागमती प्रदेशको प्रदेश सभाको सत्रौँ अधिवेशन यही चैत २४ गतेका लागि आह्वान गरिएको छ ।
बागमती प्रदेश सरकारको आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष बागमती प्रदेश सभाको सत्रौँ अधिवेसन यही चैत २४ गते मङ्गलबार आब्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश सभाको सत्रौँ अधिवेशन चैत २४ गतेबाट सुरु गर्नेगरी आव्हान गर्न मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकपछि बैठकको निर्णय जानकारी दिँदै उहाँले भन्नुभयो, हिउँदे अधिवेशनका रुपमा प्रदेश सभाको सत्रौ अधिबेशन आगामी चैत २४ गते दिनको ४ बजेबाट बस्ने गरी आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको छ । मन्त्री परिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । मन्त्री परिषद बैठकको सिफारिश अनुसार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको अधिवेशन आह्वान गर्नु हुनेछ ।
बैठकले फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।