• ८ असार २०८१, शनिबार

त्रिभुवन विमानस्थलमा आपत्कालीन नमुना अभ्यास (फोटो फिचर)

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको विमान दुर्घटनामा नमुना उद्धार कार्य । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले नमुना अभ्यास गराइएको छ । सोमबार दिउँसो विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपत्कालीन अवस्थाको प्रतिकार्यका लागि नमुना अभ्यास गरेको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल, एम्बुलेन्स र चिकित्सा टिमको सहभागिता थियो । अभ्यासका क्रममा कुनै काल्पनिक स्थानबाट उडेको विमानमा इन्जिन खराब भई दुर्घटनाग्रस्त भएको क्षणको उद्धार कार्यलाई देखाइएको थियो ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।