नेवा: (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नख: भिन्न तरिकाले मनाइन्छ । नेवा: जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक् रूपमा यो पर्व मनाइन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले नमुना अभ्यास गराइएको छ । सोमबार दिउँसो विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपत्कालीन अवस्थाको प्रतिकार्यका लागि नमुना अभ्यास गरेको हो ।
उभौली पर्व किरात समुदायले महान् पर्वको रूपमा मनाउने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष जेठ १० गते उभौली परेको थियो।
काठमाडौं, जेठ २१ गते। फुटपाथ बढाउनका लागि काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गरेको छ । काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो । सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित हुनुहुन्छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्दछ ।
युवाले विगतलाई कसरी हेर्ने, वर्तमानलाई कसरी लिने र भविष्यलाई कस्तो बनाउने भन्ने सोच्न जरुरी रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ ।
दोस्रो बागमती प्रदेश युवा सम्मेलन-२०८१ सुरु भएको छ ।
काठमाडौँको टुँडिखेलमा आजबाट सीप मेला सुरु भएको छ। 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले सीप मेला बुधबारदेखि सुरु गरेको हो।
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष भएको छ । यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा [ल्हुति पुन्हि] मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।
रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा सोमबार मनाइएको छ ।
ललितपुरको पाटनढोकादेखि दरबार स्क्वायर क्षेत्रसम्म सम्पदा यात्रा (हेरिटेज वाक) गरिएको छ।
हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको नस्सालमा “हिमालयको रहस्य–सिर्जनावृति”शीर्षकमा प्रदर्शनी सुरु भएको हो।
चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँको टुँडिखेलमा सुरुभएको छ ।