• ११ माघ २०८१, शुक्रबार

पशुपतिको गौशालामा गाई पूजा (फोटो फिचर )

blog

गाई पूजा गर्दै पशुपति आश्रमका बटुक। तस्बिर: केशब गुरुङ

काठमाडौँ, कात्तिक १७ गते । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरूले पशुपतिको गौशालामा गई गाईको पूजाआजा गर्ने गर्दछ ।

आज पशुपति आश्रममा बटुकहरूले गाई र  गोवर्धन पूजा गरेका छन् । गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर नैवेद खना दिएर पूजा गरिएको छ ।

कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

गाईको पूजा गरी आजका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।





Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।