काठमाडौँ, मङ्सिर १८ गते। नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)बिच ऊर्जा क्षेत्रको विकासमा भएको पाँच दशक लामो साझेदारीको अवसरमा फोटो प्रदर्शनी आयोजना भएको छ। फोटो पत्रकार क्लब नेपालको सहकार्यमा प्रदर्शनी भएको हो।
कार्यक्रमको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले गर्नुभएको छ। उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एडिबी नेपाल मिसनका देशीय निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वे राजदूतावासका डिप्टी हेड अफ मिसन तथा मन्त्रिपरिषद् सदस्य क्रिस्टिन हाउग स्टोर्होल्टको उपस्थिति थियो। प्रदर्शनीमा नेपालमा एडिबीले गरेका गतिविधिसँग सम्बन्धित ५० तस्बिर राखिएका छन्।
नेपाल कला परिषद्, बबरमहलमा मंगलबार सुरु भएको प्रदर्शनी मङ्सिर २४ गतेसम्म चल्नेछ।













 
                                        केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                