• १८ चैत २०८२, बुधबार

गण्डकी उद्योग वाणिज्य महासंघमा बागलुङका कँडेल निर्विरोध

blog

उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशको अध्यक्षमा सर्वसम्मत हुनुभएका बागलुङका नरेश कँडेल। तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) चैत १८ गते ।
उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । चैत २० गते आयोजित नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनका लागि चैत १५ गते मनोनयन दर्ता रहेको थियो ।

मनोनयनका लागि अध्यक्षमा बागलुङका नरेश कँडेल र स्याङ्जा उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष नवराज सुवेदीले मनोनयन दर्ता गरेपनि नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएसँगै कँडेल सर्वसम्म हुनुभएको छ । कँडेलसहित सिंगो कार्यसमितिनै सर्वसम्मत भएको छ । कार्यसमितिले २० गते नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनमा निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अधिवेशनमा नगर उद्योग वणिज्यसंघ २५, एसोसियट सदस्य १०२, वस्तुगत संघ सदस्य १७ गरी जम्मा १४४ प्रतिनिधि अधिवेशनमा सहभागी छन् । बागलुङ उद्योग वाणिज्यसंघ बागलुङका निवर्तमान अध्यक्ष कँडेल सिल्भर पार्टीप्यालेसका सञ्चालक समेत हुनुहुन्छ ।

मनोनयनपछि जिल्ला नगर उपाध्यक्षमा योगेन्द्र घिमिरे, एसोसियट उपाध्यक्षमा सूर्यबहादुर भुजेल, वस्तुगत उपाध्यक्षमा हरी कुमार श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र ओझा सर्वसम्मत हुनुभएको छ ।