• १७ चैत २०८२, मङ्गलबार

घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक राउत पक्राउ

blog

काठमाडौँ, चैत १७ गते । प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेकाअनुसार बैकिङ्ग कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । 

उक्त रकम र एक थान मोबाइलसहित काठमाडौँ महानगरपालिका वडा नं.५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइ उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।