• १७ चैत २०८२, मङ्गलबार

प्रधानमन्त्रीको सञ्चार सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

blog

प्रधानमन्त्री वालेन्द्र शाहका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईं । फाइल तस्बिर

काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सञ्चार सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शाहले उहाँलाई सञ्चारमाध्यममा सहजीकरण गर्नेगरी सञ्चार सहजकर्तामा नियुक्त गर्नुभएको हो । 

ललितपुरको महाङ्काल गाउँपालिकाका स्थायी बासिन्दा ३० वर्षीय बजगाईंले प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिका प्रमुखको जिम्मेवारीमा रहँदा पनि सञ्चार सहजकर्ताकै भूमिकामा काम गर्नुभएको थियो । 

उहाँ समाजशास्त्रमा स्नातकोत्तर गरिरहनुभएको छ । बजगाईले विभिन्न सञ्चारमाध्यममा खोजमूलक रिपोर्टिङ गरेको अनुभव सङ्गाल्नुभएको छ । 

उहाँले भन्नुभयो, “राष्ट्रले दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पुरा गर्नेछु । अनुभव र अध्ययनलाई सँगसँगै अघि बढाउँदै राष्ट्रसर्वोपरि मानेर काम गर्न प्रतिवद्ध छु ।”