घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरेर काठमाडौंको टुँडिखेलमा मनाइएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले स्थापना गरेको 'फोनिज युके पत्रकारिता सम्मान २०२२' बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ । रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो । त्यस्तै, फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन बौद्ध धर्मावलम्बी शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछ ।
सुन चाँदी व्यवसायीहरूले राज्यले तोकेको मापदण्ड अनुसार वैध तरिकाले सुनचाँदीको कारोबार गर्दा राज्यले दोषी ठहर गर्दै दुःख दिने गरेको गुनासो गरेका छन् ।
आज ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ। सोही अनुसार काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मनाइएको छ ।
विगतका वर्षमा जस्तै नेपाली सेनाले महाशिवरात्रिको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर २६० औं सेना दिवस मनाएको हो।
बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु भएको छ। ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नाराका साथ आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९ सुरु भएको छ।
प्रतिनिधि सभा सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
दिनमा खुद्रा तथा थोक गरेर पाँच सय किलो तरुल बिक्री हुने गरेको छ। एक ढकको छ सयमा बिक्री भइराखेको छ।
नेकपा(ऐमाले) का प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।
आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।
काठमाडौँ उपत्यकाको बिहीबार बिहानको तापक्रम तीन डिग्रीमा झरेको छ । चिसो अत्यधिक बढेसँगै उपत्यकाको जनजीवन प्रभावित बनेको छ ।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै शुक्रबार गुरुङ समुदायले तमू ल्होछार (नयाँ वर्ष) हर्षोल्लासका साथ मनाएका छन् ।
काठमाडौं १२ पुस । तमू ल्होसार २०७९ को उपलक्ष्यमा पाँच पत्रकार सम्मानित भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार सम्मानित भएका हुन् । तमू बौद्ध सेवा समिति नेपालमा आयोजित कार्यक्रममा कान्तिपुर टेलिभिजन पोखराका भुपाल गुरुङ तथा एभरेष्ट एफएम पोखराका दीपेन्द्र श्रेष्ठ पूर्वप्रधानसेनापती छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । 'सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कार'बाट कालिका टिभीकी गीता गुरुङ, तमू ल्होसार मूल आयोजक समिति पत्रकारिता पुरस्कारबाट बिएफबिएस रेडियो काठमाडौंका धनजंग गुरुङ सम्मानित हुनु भएको हो । यस्तै तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट मुकुन्दसेन टिभि नवलपुरका शिला गुरुङ , लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट ग्यालेक्सी फोरके टेलिभिजन ताप्लेजुङका देवराज गुरुङ पुरस्कृत हुनुभएको छ । हरेक वर्ष तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले पत्रकारिता पुरस्कार प्रदान गर्ने गरेको छ । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले कार्यक्रमाको उद्घाटन गर्नु भएको थियो । पुरस्कार छनौट समितिको संयोजकमा तमू (गुरुङ) सञ्चारकर्मी संघका पूर्व अध्यक्ष डण्डबहादुर गुरुङ र सदस्यमा बद्रीकाजी गुरुङ र शान्ति गुरुङ हुनुहुन्थ्याे ।
ललितपुर, पुस १० गते । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस दिवस मनाएको छ । सेप्टेम्बर २५ तारिखका दिन येशु ख्रीष्ट इजरायलको बेथलेहेममा जन्मनुभएकाे थियाे । मुक्ति, प्रेम र शान्तिकाे सन्देश दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेको उहाँले बताउनुभयो । उपत्यकाका विभिन्न मलमा क्रिश्चियन धर्म मान्ने र नमान्ने सबै त्यहाँ उपस्थित भएका थिए । फोटो खिच्न, घुम्नका लागि रमाइलो हुने हुँदा मलहरुमा सर्वसाधारणकाे चाप बढेको छ ।