काठमाडौँ, साउन २४ गते । ३१ औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शनिबार दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ ।
गुरुङ, मगर, थारू, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरूले आफ्नो ब्यानर र्याली निकालेका छन् । र्यालीमा सहभागीहरू परम्परात पोशाकमा सजिएका छन् । भृकुटीमण्डपबाट निकालिएको र्याली भद्रकाली, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर मूल समारोहमा परिणत भएको छ ।