शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दोधारा चाँदनी (कञ्चनपुर), चैत १ गते । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १७ जना घाइते भएका हुन् । प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घाइतेहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जानकारी दिनुभयो ।
उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटिनरी अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ । रासस