• २ भदौ २०८२, सोमबार

कृष्ण मन्दिरमा भक्तजनको भिड (फोटो फिचर )

blog

‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा पाटनको कृष्णमन्दिरमा बिहानदेखि लागेको भक्तजनको भिड । तस्बिर : केशब गुरुङ

काठमाडौँ, साउन ३१ गते । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शनिबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा पाटनको कृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।


यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।