• ३ चैत २०८२, मङ्गलबार

कूटनीतिक संवेदनशीलतालाई ध्यान दिँदै दोषीमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

blog

फाइल तस्बिर

काठमाडौँ, चैत ३ गते । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन गरी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयको पत्रानुसार प्राप्त विस्तृत विवरणका आधारमा गृह मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको हो । मोरङस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ नामक पुस्तक जलाइएको विषयलाई लिएर चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।

काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृहलाई पत्राचार गरेपछि मन्त्रालयले सो कदम चालेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी दोषीलाई तत्काल कानुनी कारबाही गर्न गृह मन्त्रालयले मोरङको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिएको छ ।