• १७ साउन २०८२, शनिबार

सिल्क रोड चित्रकला प्रदर्शनी (फोटो फिचर)

blog

प्रत्यक्ष चित्रकला प्रस्तुत गर्नुहुँदै चीनका कलाकार । तस्बिर: केशब गुरुङ

काठमाडौँ, साउन १७ गते। शनिबारदेखि सिल्क रोड इकोज् आर्ट युनिटी हर्ट चित्रकला प्रदर्शनी सुरु भएको छ। काठमाडौँको नक्साल स्थित नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानमा आजबाट प्रदर्शन सुरु भएको हो। 

नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी भएको हो। 

सिल्क रोड सिटिज एलायन्स र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाको आयोजनमा प्रदर्शनी भएको हो। प्रदर्शनीमा चीनका १५ जना कलाकारका ६० र नेपालका ४४ कलाकारका चित्र  प्रदर्शनीमा राखेको प्रदर्शनीका निर्देशक प्रदीप शाक्यले जानकारी दिनुभयो। प्रदर्शनी १५ दिनसम्म चल्ने छ। 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।