• २ असार २०८१, आइतबार

बुद्ध जयन्ती मनाउन बौद्धमा दर्शनार्थीको भीड (फोटो फिचर)

blog

बुद्ध जयन्ती मनाउन काठमाडौँको बौद्ध स्तुपा परिसरमा दर्शनार्थीहरु । तस्बिर: केशव गुरुङ  

काठमाडौँ, जेठ १० गते । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।  एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने   गर्दछ ।

आज विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्म जयन्ती मनाइएको हो ।सिद्धार्थ बुद्धको कथा अनुसार उहाँको पूर्वजन्ममा बोधिसत्त्व भएकाले दुःखको कारण र दुःखको निवारण भारतका विभिन्न ठाउँमा सात वर्षसम्म तपस्या गर्दै हिँड्नुभयो।  तपस्याबाट प्राप्त ज्ञानलाई उहाँले प्रचार गर्नुभयो। त्यही उहाँको सन्देशलाई आज विश्वभरका बौद्धधर्मलम्बीले अनुसरण गर्दै आएका छन्। 

“अहिंसा नै शान्ति र मैत्रीका आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रूपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।