• १९ असोज २०८१, शनिबार

वर्षाका कारण उपत्यकामा खोलाको बहाव बढ्यो (फोटो फिचर)

blog

गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ शंखमूल क्षेत्रको बढेको बागमती खोला । तस्बिर:केशब गुरुङ

काठमाडौँ, असार २२ गते। रातिदेखि परेको पानीले उपत्यकाको खोलाको बहाव बढेको छ।  उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाव बढेको हो। 

मनोहरा बढेका कारण नेकपा (एमाले) को पार्टी कार्यालय प्राङ्गण र च्यासल रङ्गशाला जलमग्न भएको छ। 

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गस्तीले पानीको बहावलाई मध्यनजर गर्दै खोला किनारका बस्ती हटाउँदै आएको छ। बागमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलामा सशस्त्र प्रहरीले गस्ती बढाएको हो। बाढीले दुर्घटना नहोस् भनेर नदी छेउछाउका बस्ती हटाउने र सतर्क रहन प्रहरीले आग्रह गरिरहेको छ। 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।