शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ २१ गते। फुटपाथ बढाउनका लागि काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गरेको छ ।
काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।
भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो । सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ ।














केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।