• १० कात्तिक २०८१, शनिबार

शक्तिपीठ मैतीदेवीमा दर्शनार्थीको भिड (फोटो फिचर)

blog

काठमाडौँ, असोज २२ गते । काठमाडौँको विभिन्न शक्तिपीठहरुमा भक्तजनको भिड लागेको छ।  घटस्थापना गरेसँगै नवदुर्गाका नौ रूपको पूजा गर्ने गरिन्छ। 

उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहित दुर्गाका शक्तिपीठमा पूजा आराधना गर्ने गरिन्छ।

मैतीदेवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ । नवरात्रका अवसरमा शक्ति पीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्ति पीठमा नवरात्रभर भक्तजनको भीड लाग्ने गर्छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।