• २२ कात्तिक २०८२, शनिबार

नगरकोटबाट देखिएको हिमशृङ्खला (फोटो फिचर)

blog

नगरकोटबाट देखिएको हिमश्रृखलाको दृश्यवलोकन गर्दै । तस्बिर : केशब गुरुङ ।

भक्तपुर , कात्तिक २२ गते । काठमाडौँ उपत्यका नजिकको पर्यटकीय क्षेत्र हो भक्तपुरको नगरकोट। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालय शृङ्खला देख्न सकिन्छ ।

यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, गौरीशङ्कर , धौलागिरी हिमश्रृङ्खला, कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु  हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।