• २९ असोज २०८२, बुधबार

काठमाडौं जिल्ला प्रशासनमा राहदानी सेवा सुरु (फोटो फिचर)

blog

जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा राहदानी सेवा लिँदै सर्वसाधारण । तस्बिर : केशब गुरुङ ।

काठमाडौँ, असोज २९ गते ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि  राहदानी आवेदनसम्बन्धी सेवा सुरू गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मङ्गलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा बुधबारदेखि सुरु गर्न लागेको जानकारी दिएको थियो। 

जारि सूचना अनुसार राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ। जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ।

सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरू आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो। राहदानी सेवा बाहेक नागरिकतासम्बन्धी काम, आन्दोलनअघि तयार भएका राहदानी वितरण लगायतका काम पनि नियमित भइरहेको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।