• ६ कात्तिक २०८२, बिहिबार

कञ्चनपुर कारागारमा कैदीलाई भाइटीका लगाउने अवसर

blog

कञ्चनपुर कारागार ।

भवानीदत्त भट्ट

कञ्चनपुर, कार्तिक ६ गते । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीहरूलाई दिदीबहिनीको हातबाट भाइटीका लगाउने अवसर प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई यस वर्ष पनि भाइटीका लगाउने अवसर प्रदान गरिएको कारागार प्रशासनले जनाएको हो । 

कारागारका निमित्त जेलर रामदत्त जोशीले बिहीबार बिहान टीकाको साइतअनुसार, ११ बजेर ३६ मिनेट देखि साझँ ५ बजेसम्म दिदीबहिनीको हातबाट कैदी बन्दीलाई टीका लगाउने अवसर प्रदान गरिएको बताउनुभयो । अहिले कारागारमा टीका लगाउनका लागि दिदीबहिनीहरू आउने जानेक्रम जारी रहेको उहाँले बताउनुभयो । 

कारागारमा १७ महिला कैदीबन्दी र ३७० पुरुष कैदी बन्दी गरी ३८७ कैदी रहेका छन् । महिला कैदी बन्दीको हातबाट टीका थाप्न दाजुभाइ पनि कारागार आइरहेका उहाँले बताउनुभयो । चाडपर्वमा कैदीबन्दीलाई दिदीबहिनी सँग खुसी साटासाट गर्नु साथै  कैदीहरूको मनोबल उच्च राख्न सहजता हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।