‘बाटैबाटो’ लिएर सुदूरपश्चिम–कर्णाली यात्रामा कथा घेरा टिम
महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको घुम्ती सडक नाटक ‘बाटैबाटो’ सुदूरपश्चिमका विभिन्न जिल्लामा मञ्चन भइरहेको छ।
छामछुम गरेर भन्सार पास
डेढ सय वर्ष पुरानो अन्तर्राष्ट्रिय सीमानाका झुलाघाटमा नेपालतर्फ ब्यागेज एक्सरे मेसिन र मेटेल डिटेक्टर जस्ता उपकरण नहुँदा हातले छामेर चेकजाँच गर्नुपर्ने बाध्यता छ । नेपालतर्फ झुलाघाट भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट र क्वारेन्टाइन चेकपोस्ट छन् । यी निकायसित ब्यागेज चेकजाँच गर्ने एक्सरे मेसिन नहुँदा आवतजावत गर्ने मानिसका झोला र आयातित वस्तु हातले छामेर वा प्वाल पारेर हेर्नुपर्ने बाध्यता छ ।
महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या
कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ ।
महाकालीमा बगेर एक पुरुष बेपत्ता, महिला मृत फेला
बैतडीको महाकाली नदीमा एक पुरुष बगेर बेपत्ता भएका छन् भने अर्की महिला मृत फेला परेकी छन्। पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएको हो।
घरेलु हिंसाका पीडित महिलालाई प्रहरीले किन गराउँछ ‘मेलमिलाप’
कैलारी (नाम परिवर्तन) को दाहिने हात र खुट्टाले राम्रोसँग काम गर्दैन । जुन दिनदेखि हात खुट्टाले काम गर्न छोड्यो, त्यो सम्झेर अहिले उहाँ झस्किनु हुन्छ । पाँच वर्षअघि घोडाघोडी नगरपालिका –१ स्थित आफ्नो घरमा उहाँ सुतिरहनुभएको थियो । ज्वरोले थला परेकी कैलारीले उठेर खाना पकाउन सक्नु भएन । उहाँका श्रीमानलाई त्यही कुरा उहाँमाथि जाइलाग्ने निहुँ बन्यो ।
थारू समुदायको मुद्दा प्राथमिकतामा
राजनीतिमा लाग्नुअघि शिक्षण पेसामा सक्रिय उहाँलाई थारूसहित पिछडिएका अन्य समुदायका लागि काम गर्नु पर्छ भन्ने लाग्दथ्यो । कुनैबेला नीतिनिर्माण तहमा पुगे भने यी समुदायको आवाज सशक्त रूपमा उठाउँछु भन्ने उहाँलाई मनमनै लाग्थ्यो । उहाँको त्यो मनको इच्छा यतिबेला पूरा भएको छ । उहाँ अर्थात् करिश्मा कठरिया अब कानुन निर्माण गर्ने थलो सङ्घीय संसद्को माननीय बन्नुभएको छ ।
प्रधानाध्यापकमा दलित महिला
जिल्लामा पछिल्लो समय दलित महिला नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुषको सहभागिता बढ्न थालेका बेला दलित महिला पनि नेतृत्वमा पुग्न थालेका छन् ।
झोलुङ्गे पुलले छोट्यायो दुरी
बाजुराको गौमूल गाउँपालिका–३, अजयखोलाको झोलुङ्गे पुलले यहाँका दुई बस्तीको दुरीलाई छोट्याएको छ । माझपाली र धौलकाँडा बस्तीको बिच खोलामा बनेको पुलले दुरी कम गरेसँगै स्थानीयलाई आउजाउमा सहज पनि बनाएको छ ।
किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ
शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन
यहाँको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।
दार्चुलामा जिप दुर्घटना: सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु
दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ।
बैतडीमा सशस्त्र प्रहरीले सामाजिक कार्यक्रम सञ्चालन
सशस्त्र प्रहरी बल नेपाल नं. ७, बैद्यनाथ बाहिनीको २५औँ वार्षिकोत्सवका अवसरमा नं. ५१ गुल्म हे।क्वा। बैतडीले सामाजिक सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।
आत्मनिर्भर बन्दै महिला
लम्कीचुहा नगरपालिका–५ की ४४ वर्षीय उमा बुढाले कपडा सिलाउने काम थालेको २७ वर्ष भयो । उहाँ एकल महिला हुनुहुन्छ । आफ्नो कमाइबाट उहाँ परिवार पाल्दै छोरालाई उच्च शिक्षा दिलाउन पनि सफल हुनुभएको छ । तीन हजार रुपियाँको हाते मेसिनबाट सिलाइ सुरु गरेकी बुढाले गत वर्ष नगरपालिकाबाट एउटा आधुनिक सिलाइ मेसिन सहयोग पाउनुभयो । त्यो क्षण स्मरण गर्दै बुढाले भन्नुभयो, “अहिलेसम्म कतैबाट केही सहयोग पाएको थिइनँ । नगरप्रमुख सुशीला शाहीले मलाई सम्झनुभयो । धेरै खुसी लाग्यो । यसबाट मलाई ठुलो राहत मिलेको छ ।”
‘पछाडि परेका वर्गका लागि काम गर्छु’
आकृति अवस्थी डडेलधुराबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको हो । सदरमुकामको तुफानडाँडामुनि अमरगढी नगरपालिका–५, सेलामा सामान्य परिवारमा जन्मिएकी आकृति गत भदौ २३ र २४ को जेनजी आन्दोलनअगाडिसम्म कुनै पार्टीमा आबद्ध हुनुहुन्नथ्यो । जेनजी आन्दोलनमा उहाँका भाइ घाइते हुनुभएपछि पार्टीले उहाँलाई समानुपातिकको सूचीमा राखेको थियो ।
झोलुङ्गे पुलले जोडिए बस्ती, छोटियो दूरी
बाजुराको गौमुल गाउँपालिका–३ स्थित अजयखोलामा निर्माण गरिएको झोलुङ्गे पुलले दुई बस्ती जोडिएसँगै दूरी पनि छोटिएको छ ।
हिउँदे अधिवेशन अझै अन्योलमा
कानुन निर्माण गर्ने प्रमुख थलोका रूपमा रहेको सुदूरपश्चिम प्रदेश सभा बैठक चार महिनादेखि बस्न नसक्दा विभिन्न महत्वपूर्ण विधेयक अलपत्र परेका छन् । परम्परा अनुसार पुस/माघमै आह्वान गरिनुपर्ने हिउँदे अधिवेशन यस वर्ष भने अझै सुरु हुन सकेको छैन । गत जेठ ११ देखि सुरु भएको बजेट अधिवेशन माघ २५ गते अन्त्य गरिएपछि नयाँ अधिवेशन बोलाउनेबारे कुनै ठोस पहल भएकोे छैन ।
योजना माग्दै महिला
केही समयअघिसम्म मानिसको बिचमा गएर आफ्नो परिचय दिन पनि धक मान्ने महाकाली किनार क्षेत्रका महिला अहिले पानीको शुद्धता मापन गरेर योजना माग र कार्यान्वयन गर्न सक्ने भएका छन् ।
सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।
कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन, कक्षाकोठा अभाव र शैक्षिक स्रोतसाधनको कमिका बीच सञ्चालन हुँदै आएको छ ।
दलित बस्ती डोगडी बाढीपहिरोको उच्च जोखिममा
बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीस्थित दलित बस्तीका स्थानीयहरू बाढीपहिरोको चिन्तामा छन्। वर्षाको समयमा गाउँ माथिबाट आउँने पहिरो सिधै बस्ती भित्र प्रवेश गर्ने र ठुलो क्षति पुर्याउने भएकाले स्थानीयहरूले यसबाट कसरी बच्ने भन्नेबारे चासो व्यक्त गर्न थालेका छन्।
‘कृषिको आधुनिकीकरणसँगै उद्योग स्थापनाको नीति आवश्यक’
कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गतको वेदकोट नगरपालिका–२, जडेपानीमा जन्मनुभएका ४६ वर्षीय कृपाराम राना स्कुल जीवनदेखि नै राजनीतिमा चासो राख्ने गर्नुहुन्थ्यो । १५ वर्षको उमेरमा राना नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुमा लाग्नुभएको थियो । पढाइसकेपछि उहाँले शिक्षण पेसा रोज्नुभयो । १३ वर्ष निजी र राहत शिक्षक भएर काम गर्नुभयो । पछि उहाँको निम्न माध्यमिक विद्यालय तहको स्थायी शिक्षक पदमा नाम निस्केको केही समयपछि नै त्यसलाई छोडेर राजनीतिमा होनिनुभयो ।
बाह्र वर्षमा पनि बनेन अस्पताल भवन उपचारमा समस्या
दैनिक दुई सय जनाभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको जिल्ला अस्पताल दार्चुलामा भवन नहुँदा सेवा प्रवाह तथा उपचारमा समस्या परेको छ । बिरामीलाई सहज रूपमा सेवा दिन सुविधायुक्त अस्पतालको भवन निर्माण भइरहेको भए पनि निर्माणको कामले खासै गति नलिँदा विगत १२ वर्षदेखि यहाँको अस्पतालले समस्या झेलिरहनु परेको छ ।
भत्ता होइन रोजगारीमा आरक्षण माग्दै
कैलालीको घोडाघोडी नगरपालिका–८, जरहीका हेमकला राजीले स्नातक तहको अध्ययन पूरा गरेको तीन वर्ष भयो । उहाँले रोजगारीको खोजीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तीन वर्षदेखि रोजगारीका लागि भौँतारिँदा भौँतारिँदै निराश भइसकेँ ।”
जेनजी सहिद परिवारलाई रोजगारी
जेनजी आन्दोलनमा सहिद हुनुभएका बैतडीको शिवनाथका दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाउनु भएको छ । सहिद दीपककी भाउजू सरस्वती साउदले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाउनुभएको हो ।