कटानको उच्च जोखिममा बस्ती
बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको बिरेखोला बस्ती बुढीगङ्गाखोला कटानको जोखिममा पर्दै आएको छ । २०७७ साउन २८ गते बुढीगङ्गाखोलामा आएको बाढीले बस्ती कटान गर्दै आएपछि बिरेखोला बस्ती कटानको जोखिममा रहँदै आएको हो ।
बनेको छ महिनामै ऐन संशोधन
सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको छ महिनामै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधन गर्दै छ । ऐन कार्यान्वयनमा समस्या आएपछि प्रदेश सरकारले बनाएको छोटो अवधिमै ऐन संशोधन गर्न लागेको हो । गत असार १५ गते सरकारले यो ऐन जारी गरेको थियो । ऐनमा भएका कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले नै यस ऐनविरुद्ध २० वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर गरेका छन् ।
जङ्गली जनावरबाट जोगाउन च्याउ खेती
जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानलाई च्याउ खेती वरदान हुने सम्भावना देखिएको छ । पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
आन्तरिक राजस्वको काम स्थानीय तहबाट
आन्तरिक राजस्व कार्यालयले दिने सेवा बिहीबारदेखि स्थानीय तहबाट सुरु भएको छ । बिहीबार टीकापुर नगरपालिकाबाट स्थायी लेखा नम्बर जारी गरी सेवा सुरु गरिएको हो । यसअघि आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय लम्कीले दिइरहेको सेवा अब टीकापुर नगरपालिकाको आन्तरिक राजस्व शाखाबाट दिइने छ ।
बुढीगङ्गा खोला कटानको उच्च जोखिममा वीरे खोला बस्ती
बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको वीरे खोला बस्ती बुढीगङगा खोला कटानको जोखिममा पर्दै आएको छ ।
बाजुरामा बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन
बाजुरामा कृषि ज्ञान केन्द्रले स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीय सेवा पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल
सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ ।
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण
शुक्लाफाँटा नगरपालिका-६, करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीन वटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते हुनुभएको छ । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रराज टोलका ४० वर्षीय छक्कु डगौरा हुनुहुन्छन् ।
थपिए एकचालिस मतदान स्थल
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ४१ वटा मतदान स्थल थपिएका छन् । मतदाताको सङ्ख्या, पायक स्थल र निर्वाचनको सहजताका लागि मतदान स्थल थप गरिएको हो ।
फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन
कञ्चनपुरको भीमदत्त नगरपालिकामा झन्डै एक करोड लागतमा निर्माण गरेको फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको छ । एकातिर डम्पिङ साइट निर्माण गर्न
मुख्यमन्त्री शाह र प्रदेश प्रहरी प्रमुखबिच भेटवार्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबिच आज भेटवार्ता भएको छ ।
कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा
कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् ।
मधुपर्कको सुदूरपश्चिम–कर्णाली विशेषाङ्क लोकार्पित
गोरखापत्र संस्थानको प्रकाशन साहित्यिक पत्रिका मधुपर्कको सुदूरपश्चिम र कर्णाली विशेषाङ्कको धनगढीमा विमोचन गरिएकोे छ ।
सुदूरपश्चिम प्रदेश सभा बैठक भोलि बस्ने
२४ भदौको जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त बनाएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्भार गरिएको छ ।
अत्तरियामा डिडिसी र वडा कार्यालयमा तालाबन्दी
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
सरकार र सञ्चारमाध्यबिचको सहकार्यले लोकतन्त्र अझ सुदृढ बन्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार र सञ्चारमाध्यमको सहकार्यले लोकतन्त्र अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बैतडीमा पुसे पन्ध्रको रौनक, पूराना चलन ओझेलमा
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पुस १५ गते ‘ठूलीरात’ अर्थात् परम्परागत पुसे पन्ध्र पर्व उल्लासका साथ मनाइँदैछ ।
सुदूरपश्चिममा मनाइने चाडपर्व
सुदूरपश्चिम सांस्कृतिक हिसाबले समृद्ध प्रदेश हो । यहाँको माटोमा संस्कृतिका अनेकन पक्ष पाइन्छन् । यहाँको समाजमा विभिन्न समुदाय एवं जातिको बसोबास भएका कारण फरक फरक संस्कृतिको उपस्थिति पा
विद्युतकाे पहुँचमा छयानब्बे प्रतिशत घरधुरी
डडेलधुरामा हालसम्म ९६ प्रतिशत बढी घरधुरीमा विद्युत् पुगेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहित डडेलधुरा पनि विद्युत् पहुँच भएको जिल्ला भएको छ । कैलाली र कञ्चनपुरमा शतप्रतिशत विद्युत् पुगेको छ । जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराका प्रमुख कपिल जोशीले बताउनुभयो ।
पुँजीगत खर्च बढाउन कमजोरी सुधार गर्नुपर्ने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुँजीगत खर्च बढाउन कमजोर सुधार गर्न आवश्यक रहेको औँल्याउनुभएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको कार्यप्रगति, समस्या र चुनौती समीक्षा कार्यक्रममा उहाँले भइरहेका कमजोरी सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने औँल्याउनुभएको हो । मुख्यमन्त्री शाहले प्रदेश सरकारमातहतका सबै मन्त्रालय तथा मातहतका कार्यालयलाई १५ दिनभित्र स्पष्ट, समयबद्ध, नतिजामुखी कार्यायोजना तयार गर्न निर्देशन दिनुभएको छ ।
उम्मेदवारका आकाङ्क्षी गाउँमा, मतदाता विदेशमा
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि सरकारले निर्वाचन घोषणा गरेसँगै अहिले दलका नेता तथा कार्यकर्ता गाउँबस्तीमा जनतासँग भेटघाटमा व्यस्त देखिएका छन् ।
आत्महत्या गर्नेको सङ्ख्या बढ्दो
कैलालीमा चालु आर्थिक वर्षमा १२२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत साउन महिनादेखि हालसम्म आत्महत्या गर्ने १३६ जनामध्ये झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या १२२ रहेका छन् ।
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै
आज पुस १५ गते, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा मनाइँदैछ । डडेल्धुरालगायतका केही जिल्लामा मङ्गलबार उत्तरायणका रुपमा पनि मनाइन्छ ।