रिलामा भाइरल ज्वरोका बिरामी बढ्दै
। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् ।
“शी लिड्स आइकन”की प्रथम विजेता लम्कीचुहाकी नगरप्रमुख सुशीला शाही
महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधि छनोट कार्यक्रम “शी लिड आइकन”को लम्कीचुहा नगरपालिका कैलालीकी नगरप्रमुख सुशीला शाही प्रथम विजेता बन्नुभएको छ ।
नेपालकै बाटो भएर पच्चिस वर्षपछि ‘कुन्चा’
छाङरु र तिङ्कर दार्चुलामा पर्ने अन्तिम गाउँ हुन् । व्यास गाउँपालिका १ मा पर्ने छाङरुगाउँले भारतसँगको सीमालाई जोड्छ भने तिङ्करगाउँले चीनको ताक्लाकोट सीमानाकालाई जोड्छ । यहाँ सौका समुदायको बसोबास रहेको छ ।
भारततिर गएर मर्दै छन् दुर्लभ गिद्ध
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गिद्ध भारततिर गएर मर्न थालेका छन् । स्याटेलाइट जडान गरिएका दुर्लभ डङ्गर र अति सङ्कटापन्न सानो खैरो गिद्ध भारततिर गएर कतिपय मरेका छन् भने कतिपय हराउन थालेका छन् । पछिल्लो दुई वर्षमा भारततर्फ गएकामध्ये स्याटेलाइटजडित दुई गिद्ध मरेका छन् भने दुई वटाको अवस्था अज्ञात रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले जनाएको छ ।
क्षतिग्रस्त संंरचनाको अर्थमन्त्री खनालद्वारा निरीक्षण
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनकारीले क्षति गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निरीक्षण गर्नुभएको छ ।
मुख्यमन्त्री शाह र अध्यक्ष ढकालबिच भेटवार्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबिच आज भेटवार्ता भएको छ ।
बेलौरीमा फुटबल खेलाडी पालमाथि कुटपिट गर्ने चार जनाविरुद्ध किटानी
कञ्चनपुरको बेलौरीमा आयोजित ‘वडा स्तरीय मेयर फुटबल’ प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट गर्ने जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।
सुस्त मनस्थिति भएकी किशोरी २९ हप्ताकी गर्भवती : एक किशोर पक्राउ
सुस्त मनस्थितिकी किशोरीमाथि जबरजस्ती करणीबाट गर्भ रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाका १९ वर्षीय पुष्प साउँद रहेका छन् ।
अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० हजारआम्दानी
एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।
“रानीशैन क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका बिच प्रहरी चौकी स्थापना गर्न माग”
जिल्लाको पर्यटकीय तथा औषधीय महत्त्व बोकेको रानीशैन हिमाल क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । चोरी–सिकारी, अवैध जडीबुटी सङ्कलन तथा तस्करी गतिविधि तीव्र बन्दै गएपछि गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाइएको हो ।
छाउपडी प्रथाविरुद्ध लड्दै महिला
परिवार र समाजको डरले चुपचाप छाउपडी प्रथा स्विकार्ने परिपाटी अन्त्य गर्दै कैलालीका केही जागरुक महिला छाउपडी प्रथाविरुद्ध उत्रेका छन् । ग्रामीण क्षेत्रमा महिला समूह बनाएर महिला छाउपडी प्रथाविरुद्ध लडाइँ गर्न थालेका हुन् । महिनावारी भएका बेला उनीहरू आफू पनि घरभित्रै बस्ने र अरूलाई पनि घरमै बस्न सल्लाह दिँदै सचेतना फैलाउने कार्य गरिरहेका छन् ।
घाँसको त्यान्द्रोमा गइरहेको छ ज्यान
ग्रामीण क्षेत्रका महिला घाँसको त्यान्द्राका लागि भिरबाट लडेर अकालमै ज्यान गुमाउनेको सङ्ख्या दिनदिनै वृद्धि हुँदै गइरहेको छ । ‘प्रविधिको सही प्रयोग गरौँ : महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित यो वर्ष सहरी क्षेत्र र पालिका केन्द्रमा महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला यसरी ज्यान जानेको सङ्ख्या बाहिर आएको छ ।
सुदूरपश्चिम महोत्सवको तयारी पूरा, अर्थमन्त्रीले उद्घाटन गर्नु हुने
कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव सोमबारदेखि सुरु हुदैछ ।
‘सुधारको लागि आवश्यक व्यवस्थापन सरकारले गर्छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वन क्षेत्रमा सुधारको लागि आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने बताउनु भएको छ।
सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो
कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो ।
बाजुरामा सातदिने सीप–केन्द्रित तालिम सम्पन्न
बडिमालिका नगरपालिकाको सहयोगमा, प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालद्वारा सञ्चालित ‘किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि’ परियोजनाअन्तर्गत सदरमुकाम मार्तडीमा सञ्चालन भएको सातदिने आवासीय तालिम शुक्रबार सम्पन्न भएको हो ।
बैतडी कांग्रेस छान्यो प्रतिनिधिसभा सदस्य उम्मेदवार, सभापति चन्दले पाउनुभयो शतप्रतिशत मत
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ ।
दार्चुलामा भूकम्प
दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो ।
सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान
कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न हुनुहुन्छ ।
अनिकालको रोकथामका लागि ‘मष्टा भगवती’ को पूजा
हिउँदे खाद्यान्न बालीको सुरक्षाका लागि मष्टा भगवती मन्दिरमा पूजाआजासहितको मेला सम्पन्न भएको छ । असिनापानीले बालीनाली नष्ट गरेपछि मष्टा भगवती माताको पूजाआजा गरी मेला लाग्ने प्रचलन रहिआएको किंवदन्ती छ ।
ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान
कैलालीको धनगढीमा आज ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका –७ मा रहेको नवज्योती कृषि सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिक शेयर सदस्यसहित विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मान गरेको हो ।
मुक्त कमलरीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र
कैलालीको मुक्त कमलरीहरूले आफ्नो मागसहितको ज्ञापनपत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएका छन् ।
अवैधरुपमा रुख कटानमा अख्तियारको चासो
गोरखापत्र दैनिकमा “दिउँसै एक सय ३९ रुख गायव” शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर, कञ्चनपुरले अनुसन्धान अगाडि बढाइएको जनाएको हो ।
बेलौरीमा खेलाडीमाथि कुटपिट
बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ ।