सुदूरपश्चिमका जनतालाई बालेनको आग्रह- कामको सूची दिनुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कामको सूची दिन सुदूरपश्चिम प्रदेशका जनतालाई आग्रह गर्नुभएको छ ।
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
लामिछाने र बालेन्द्र शाहले आज धनगढीमा सम्बोधन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज (बुधबार) धनगढीमा सम्बोधन गर्नुहुने भएको छ ।
नागुवासीका माग सम्बोधन गर्न उम्मेदवार प्रतिबद्ध
प्रतिनिधि सभाको निर्वाचनमा भाग नलिने तथा कुनै पनि उम्मेदवारलाई मत नदिने निर्णय गरेका नौगाड गाउँपालिका–१, नागुका बासिन्दाको माग सम्बोधन गर्न सबै दलका उम्मेदवार एकजुट भएका छन् ।
पूर्वमन्त्री भट्टको कडा कसरत
आफ्नै गृहक्षेत्रमा दुई पटक नेपाली कांग्रेसका उम्मेदवारसँग पराजय भोगेका नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्ट यस पटक निकै मेहनतका साथ चुनाव जित्ने कसरतमा लाग्नुभएको छ । विसं २०६४ यता प्रत्येक निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका उहाँ गुमेको विरासत जोगाउन कस्सिनुभएको हो । पाँचौँ पटक उम्मेदवार बनेका भट्ट मतदाताको मन जित्न बस्ती बस्तीसम्म डुलिरहनुभएको छ ।
मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
कैलालीमा १२६ जना मतदाता शिक्षा स्वयंसेवक कार्यक्षेत्रमा खटिएका छन् । मत खसाल्ने सही तरिका सिकाउन उनीहरू वडा र टोलमा खटिएका हुन् । कैलालीका १३ स्थानीय तहमा १२६ वटा वडा छन् । प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार फागुन १७ सम्म मतदाता शिक्षा कार्यक्रम चल्ने छ ।
उम्मेदवारको पर्खाइमा ओलेनावासी
बाजुराको बडीमालिका नगरपालिका–४ का ओलेनावासी उम्मेदवार आउने पर्खाइमा बसेका छन् । २०७६ देखि यो बस्ती पहिरो र नदी कटानको उच्च जोखिममा रहँदै आएको छ । अहिले यो बस्तीका स्थानीय हिउँदमा घरमा बस्ने र बर्खाको समय घर छोडेर सुरक्षित ठाउँमा खुला चौरमा त्रिपाल टाँगेर बस्ने गर्छन् ।
वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु
कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
प्रवासी युवाद्वारा स्वास्थ्य चौकीलाई मर्चरी च्याम्बर हस्तान्तरण
कैलालीको टीकापुर नगरपालिका-८ बाट रोजगारीका लागि परदेशमा रहेका युवाहरूले धनसिंहपुर स्वास्थ्य चौकीलाई दुईवटा लास राख्ने भाँडो ९मर्चरी च्याम्बर उपलब्ध गराएका छन् ।
गुणस्तरीय विद्यालय बनाउने, सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता
वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाभित्रका उत्कृष्ट विद्यालयलाई नमुना विद्यालयका रूपमा अनुदान प्रदान गरेर थप गुणस्तरीय र व्यवस्थित बनाउने चुनावी प्रतिबद्धता गरिएको छ । साथै यहाँका एक दर्जनभन्दा बढी सडक कालोपत्रेको काम अगाडि बढाउन पहल गर्ने कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार वचनबहादुर सिंहका चुनावी प्रतिबद्धता हुन् । निर्वाचन मिति नजिकिएसँगै सिंहले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
उम्मेदवारका एजेन्डा मिल्दाजुल्दा
कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका ठुला दलका उम्मेदवारका चुनावी एजेन्डा मिल्दाजुल्दा देखिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले उस्ताउस्तै एजेन्डा सार्वजनिक गरेका हुन् । उनीहरूले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस अध्ययन सञ्चालन र छ सय शय्याको अस्पताल स्थापना गर्ने, धनगढी उपमहानगरपालिकालाई महानगर बनाउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान अगाडि बढाउनेलगायतका एजेन्डा अगाडि सारेर मत मागिरहेका छन् ।
चुनावी प्रतिबद्धतापत्र : बन्दरगाह निर्माणदेखि युवालाई रोजगारी दिनेसम्म
प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरेर उम्मेदवारले जनतालाई रिझाउन आआफ्ना चुनावी प्रतिबद्धतापत्र जनतामाझ लैजान थालेका छन् । यसक्रममा कैलाली क्षेत्र नम्बर २ नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापाले आइतबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
उम्मेदवार भट्टद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले मत माग्न चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
निर्वाचनको माहोलसँगै घन्कन थाल्यो दमाहा बाजा
आफुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यहाँका उम्मेदवारहरू घरदैलो कार्यक्रममा गाउँ बस्तीमा गएसँगै लामो समयदेखि घरमा थन्किएका दमाहा बाजा प्रयोगमा आएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
कैलालीमा सडक दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ ।
हलियालाई छैन गाँसबास, उम्मेदवारलाई भोट पाउने आस
भोट पाउने आशामा उम्मेदवार हलिया बस्तीमा पुगे मुक्त हलिया भने गाँसबासकै चिन्ताले पिरोलिएका छन् । हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि उचित पुनस्र्थापना र रोजगारी नहुँदा छाक टार्नकै लागि मुक्त हलिया सडक किनारमा गिट्टी कुटेर जीविका चलाउन बाध्य छन् । नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशका १६ हजार ९५३ जना हलियामध्ये सरकारले हालसम्म १३ हजार ५४६ जना पुनस्र्थापना गरे पनि अझै तीन हजार ४०७ जना मुक्त हलिया गाँसबासको प्रतीक्षामा छन् ।
आश्वासन मात्रै दिएको गुनासो
कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न क्षेत्रमा समस्या रहेका छन् ।
लालपुर्जादेखि सहिदगेट निर्माणसम्मका प्रतिबद्धता
कैलाली क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा उम्मेदवार बन्नुभएका नन्दबहादुर साउद (राजेन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
कर्णालीको फेरी फेरिदिन मतदाताको माग
कर्णालीपारिका मतदाताहरूले कर्णाली नदीमा रहेको फेरी फेरिदिन उम्मेदवारसँग माग गरेका छन् । स्वामिकार्तिकखापर गाउँपालिका कर्णाली नदीपारि रहेको छ । यहाँका स्थानीयवासीले यसै नदीमा राखेको फेरीका सहाराले अहिले दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । यसले हिउँद महिनामा सहज हुने गरेको भए पनि बर्खाको समय फेरी बन्द हुने गरेकाले यसलाई फेरिदिन यहाँका मतदाताले उम्मेदवारलाई माग राख्ने गरेका हुन् ।
निर्वाचन खर्च पारदर्शितामा ढिलाइ
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बैतडीमा निर्वाचन खर्च पारदर्शितासम्बन्धी अनिवार्य प्रक्रिया पूरा गर्न ढिलाइ देखिएको छ ।
सुन्तलाबाट कृषकलाई मनग्य आम्दानी
बाजुराको गौमूल गाउँपालिका –४ निवासी पारू रोकायाले सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
पाताल भुवनेश्वर धाममा भक्तजनको घुइँचो
महाशिवरात्रिका अवसरमा बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा श्रद्धालु भक्तजनको ठुलो भीड लागेको छ । वृद्धदेखि बालकसम्मका भक्तजन बिहानैदेखि धाम पुगेर भगवान् शिवको दर्शन तथा पूजाअर्चनामा व्यस्त देखिन्छन् ।
‘आश्वासन मात्रै दिनेलाई भोट दिन्नौँ’
नौगाड गाउँपालिका–१, नागुका लालसिंह डडाल, ठगेन्द्रसिंह जुहारी, सुशीला डडाललगायतले २०६४ सालदेखि निरन्तर रूपमा हरेक निर्वाचनमा मतदान गर्दै आउनुभएको छ । नौगाडवासीले यसपालिको निर्वाचनमा सहभागी नहुने तथा कुनै पनि नेतालाई भोट नदिने निर्णय गरेका छन् । २०६४ सालमा तत्कालीन माओवादीका नेता लक्ष्मणदत्त जोशी, २०७० र २०७४ सालमा एमालेका गणेशसिंह ठगुन्ना र २०७९ सालमा कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई भोट दिएर जिताएको लालसिंह डडालले बताउनुभयो ।
स्थानीयको रोजाइमा धुलाचौर
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६ मा पर्ने धुलाचौर अहिले स्थानीयको रोजाइमा रहेको छ । पहिला चौरका रूपमा रहँदै आएको धुलाचौर पछिल्लो समय पालिकाले प्रशासकीय भवन यसैमा निर्माण गरेसँगै धुलाचौर स्थानीयको रोजाइमा पर्ने गरेको हो ।