भारतीय प्रदूषणले पहाडी क्षेत्र प्रभावित
पश्चिम पहाडी क्षेत्रमा भारतबाट आएको वायु प्रदूषणको असर देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको गतिविधि सकिन नपाउँदै मौसममा पनि प्रतिकूल प्रभाव देखिएको छ ।
बैतडीमा सात उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि एक स्वतन्त्रसहित सात उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त मुलुकको निर्माणको पक्षमा अभिमत दिएका बताउनुभएको छ ।
खडेरीमा पानीको मूल फुट्यो, गाउँमा खुसीयाली
खडेरीका बेला गाउँमा पानीको मूल फुटेपछि खुसीयाली छाएको छ । पाँच वर्षअघि सुकेको मौलिक कुवामा यही फागुन १८ गतेदेखि पानी बग्न थालेपछि अवलोकन गर्न वडा अध्यक्ष र स्थानीयवासीको घुँईचो लागेको छ ।
अछाम-२ मा एमालेका बोगटी विजयी
प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी विजयी हुनुभएको छ ।
बर्दिया क्षेत्र नं २ मा रास्वपाका पोखरेल विजयी
बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार श्रीधर पोखरेल विजयी हुनुभएको छ ।
बैतडीमा समानुपातिकतर्फ मतगणना सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ ।
बैतडीमा सात प्रतिशत मत बदर
मतदाता शिक्षाको कमीले गर्दा बैतडीमा प्रत्यक्ष निर्वाचनमा ७.०१ प्रतिश मत बदर भएको छ । एउटै मत पत्रमा दुई वटा राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाउँदा पाँच हजार ११३ मत बदर भएका हुन् ।
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी
कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केपी खनाल निर्वाचित हुनुभएको छ।
एमाले उपमहासचिव भट्टको दोस्रो हार
नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित हुनु भएको छ ।
सुदूरपश्चिमका नेता भट्ट घण्टीभन्दा पछाडि
राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आउनुभएका सुदूरपश्चिम प्रदेशको प्रभावशाली नेता लेखराज भट्ट यस पटकको निर्वाचनमा घण्टीभन्दा पछाडि पर्नुभएको छ ।
कैलाली–४ मा नेकपाका उम्मेदवारसहित १३ जनाको धरौटी जफत
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ।
बाजुरामा नेपाली कांग्रेसका गिरी विजयी
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी हुनु भएको छ । उहाँ नेकपा एमालेका लालबहादुर थापालाई प्राजित गर्दै विजयी हुनु भएको हो ।
धनगढीमा श्रीमानले गरे श्रीमतीको हत्या
कैलालीको धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।धनगढी उपमहानगरपालिका७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी निर्वाचित हुनुभएको छ।
बाजुरामा कांग्रेसका गिरीको अग्रता कायम
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । गिरीले १५ हजार १८४ मत प्राप्त गर्नु भएको छ ।
कैलाली–४ मा रास्वपाका खेमराज कोइराला विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला १७ हजार २५५ मतान्तरले विजयी हुनुभएको छ।
कञ्चनपुर–१ बाट दोब्बर मतान्तरले रास्वपाका धामी विजयी
कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट दोब्बरभन्दा बढी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता जनक सिंह धामी विजयी हुनुभएको छ ।
दार्चुलामा एमालेका गणेशसिंह ठगुन्नालाई तेस्रो जित
प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।
कैलाली ३ मा रास्वपाका जोशी बिजयी
प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी हुनुभएको छ । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
पूर्वमन्त्री आलेलाई फापेन कैलाली
पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित हुनु भएको छ । कैलाली क्षेत्र ५ मा उहाँ पराजित हुँदै तेस्रो स्थानमा खुम्चिनु भएको हो ।
डडेल्धुरामा रास्वपाका डा. जोशी विजयी
डडेल्धुरा जिल्लाले ३४ वर्षपछि संसदमा नयाँ अनुहार पाएको छ । २०४८ साल यता भएका सात वटै निर्वाचनमा नेपाली कांग्रेसबाट पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भइ निर्वाचित हुँदै आउनुभएको थियो ।
कञ्चनपुर–२ मा भारी मतका साथ रास्वपाका बोहरा विजयी
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपकराज बोहरा विजयी हुनुभएको छ ।
अछाम–१ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी
अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी हुनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको हो ।