‘विपन्नलाई चिसोबाट जोगाउन हातेमालो गरौं’
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोबाट जोगाउन हातेमालो गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
रोजगारी गर्न भारत जानेको लर्को
रोजगारीका लागि स्वदेश छाड्नेहरूको क्रम बढ्दै गएको बेला यहाँको एकै गाउँका १८ जना बिहीबार मजदुरी गर्न भारत पसेका छन् ।
बैतडीको सूर्नयामा मिनि ट्रक दुर्घटना, चालकको मृत्यु
जिल्लाको सूर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
अवैध रूपमा काटिएको रुखबारे अनुसन्धान सुरु
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट अवैध रूपमा कटान गरी गायब पारिएका १६४ रुखको अनुसन्धान थालिएको छ ।
मुख्यमन्त्रीद्वारा सात वटा आयोजना शिलान्यास
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार कैलालीको पूर्वी क्षेत्रका सात वटा आयोजनाको शिलान्यास तथा सुपरीवेक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका महìवपूर्ण आ
लैङ्गिक हिंसा अन्त्यका लागि माझपालीमा महिलाको एकताबद्ध
बाजुरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गौमुल गाउँपालिका–३ माझपालीमा महिलामैत्री कार्यक्रमहरूको आयोजना गर्दै दिवस उत्कर्षपूर्वक मनाइएको छ ।
उज्यालोबाट बञ्चित हुँदै पालिका
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका उज्यालोबाट बञ्चित हुँदै आएको छ।
मलामी गएका युवक डुबेर बेपत्ता
कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-३, तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
लैङ्गिक हिंसा रोक्न पुरुष भूमिकाको खोजी
परिवार समाजमा हुने लैङ्गिक हिंसा रोक्न पुरुषको भूमिका खोजी हुन थालेको छ । हिंसा गर्न, गराउन पुरुष नै अग्रसर देखिएकाले हिंसा रोक्न पनि पुरुषको भूमिका महत्वपूर्ण हुने ठानेर टीकापुर नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका बेला समूहसँग छलफल गरेको हो ।
मुख्यमन्त्री शाहद्वारा चार आयोजनाको सुरुवात
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गर्नु भएको छ । बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात गर्नुभएको हो ।
जेनजी आन्दोलनका सहिदः अरूको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै
जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१, साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन हुनुभएका उहाँका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बस्नुहुन्छ ।
महाकाली नदीमा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला
महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला परेको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान फेला परेको हो ।
भीरबाट खसेर महिलाको मृत्यु
। बैतडीको सूर्नया गाउँपालिका–८ सेलामा भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।
आफन्त हराएपछि परिवारमा पीडा
१९ वर्षअघि परिवारको आर्थिक अवस्था सुधार्न भनेर भारतको हिमाञ्चल प्रदेशको सिमला जानुभएका टीकापुर नगरपालिका–७, सोनाहाफाँटाका हरिबहादुर सुनार अझै फर्किनुभएको छैन ।
पाँच वर्षमा एड्सबाट तीन सय पचासको मृत्यु
सुदूरपश्चिम प्रदेशमा पछिल्ला पाँच वर्षमा एचआइभी / एड्सबाट ३५२ जनाको ज्यान गएको छ । तुलनात्मक अध्ययनले हरेक वर्ष मृत्यु हुनेको सङ्ख्यामा कमी आइरहेको भए पनि सन् २०३० सम्ममा एचआइभी / एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा नहुने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले संसारभर सन् २०३० सम्ममा एचआइभी/एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।
महाकालीमा एकतर्फी तटबन्ध निर्माण
छिमेकी देश भारतले नेपाल–भारतको साझा सीमा नदी महाकाली किनारमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर दार्चुलामा विरोध हुन थालेको छ । भारतले दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि नदी किनारमा पक्की तटबन्ध निर्माणको काम निरन्तर गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक राजेशसिंह सामन्तले भारतले नेपालतिर प्रवेश गरी सिमाना विस्तार गर्न खोजेको आरोप लगाउनुभयो ।
बालुवाको रोयल्टीमा हिनामिना
कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबापत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो ।
बिनाशुल्क काम गर्छन् भलमनसा
कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका सरोज चौधरीले गाउँको भलमनसाका रूपमा काम गरेको ३० वर्ष भइसक्यो । तीन दशकदेखि निरन्तर गाउँको नेतृत्व गरेका उहाँले भलमनसाका रूपमा काम गरेबापत हालसम्म गाउँबाट केही पारिश्रमिक लिनुभएको छैन ।
बाजुरामा सात मतदानस्थल थपिए
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।
पशु वधशाला प्रयोगविहीन
महेन्द्रनगरमा निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन बनेको छ । विसं २०७२ मा भीमदत्त नगरपालिकाले झन्डै एक करोड १० लाख रुपियाँको लागतमा महेन्द्रनगरस्थित सब्जीमन्डीमा निर्माण गरेको सो वधशाला व्यवसायमैत्री नहुँदा प्रयोगविहीन बनेको हो ।
तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको सफल नेतृत्वकर्ता चतुरबहादुर चन्द
बैतडीसँगै सुदूरपश्चिमको क्रिकेट खेललाई चलायमान बनाउन त्यो बेला दशरथ चन्द एकेडेमीको नेतृत्व गरेका चतुरबहादुर चन्द अहिले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय अध्यक्ष छन् ।
खेलाडी उत्पादनमा राष्ट्रपति रनिङ् शिल्ड प्रभावकारी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता प्रभावकारी भएको बताइएको छ ।
ठेकेदारले काम रोकेपछि अस्पताल अलपत्र
कैलालीको लम्कीचुहा नगरपालिका –१० चुहामा सामुदायिक अस्पताल निर्माणको कार्य अलपत्र परेको छ । निर्माण कम्पनीका ठेकेदारले काम रोकेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।
डडेल्धुरामा चार नयाँ मतदान स्थल थप्न सिफारिस
१३९ मतदान स्थल रहेको डडेल्धुरामा नयाँ चार वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ ।