गोदावरी (कैलाली), असोज १५ गते । कैलालीको धनगढी उपमाहनगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चौडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले स्कुटर अनियन्त्रित भएर सडकको ‘डिभाइडर’ मा ठोक्किएको थियो । घाइते भएका बमलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा स्कुटरमा सवार पुर्चौडीकै २६ वर्षीय सरोज बम घाइते हुनुभएको छ । उहाँको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस