शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, फागुन ४ गते । कैलालीमा सडक दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते हुनु भएको छ ।
गोदावरी नगरपालिका र चुरे गाउँपालिकाको सिमानामा टिप्पर र मोटरसाइकल ठोक्किँदा धनगढी उपमहानगरपालिका–४ का ५५ वर्षीय शिव बमको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज खानीडाँडा पिकनिक पार्क नजिक बागमती प्रदेश ०२–०३५ प. ३८०२ नम्बरको मोटरसाइकल र मधेश प्रदेश ००३–००१ क. ३११७ नम्बरको टिप्पर एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर बमलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, मोटरसाइकलमा सवार यम बम घाइते हुनुभएको छ । डडेल्धुराको अमरगढी–१ घर भएका चालक हिक्मत दियाललाई टिप्परसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।