• ६ फागुन २०८२, बुधबार

लामिछाने र बालेन्द्र शाहले आज धनगढीमा सम्बोधन गर्ने

blog

कञ्चनपुरमा मतदाता भेटघाट गर्दै रवि लामिछाने । तस्बिर : सामाजिक सञ्जाल

अविनाश चौधरी
धनगढी, फागुन ६ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज (बुधबार) धनगढीमा सम्बोधन गर्नुहुने भएको छ ।

रास्वपा कैलालीले आयोजना गर्न लागेको परिवर्तन उद्घोष सभालाई दुवै जना नेताले सम्बोधन गर्ने जनाइएको छ । सभामा सहभागिता जनाउनका लागि रास्वपा सभापति लामिछाने मङ्गलबार नै धनगढी पुगिसक्नु भएको छ । आज बिहान उहाँले कञ्चनपुरमा आफ्ना कार्यकर्ता र मतदातालाई भेट गर्नुभएको छ ।

त्यस्तै, वरिष्ठ नेता शाह पनि धनगढी पुग्नुभएको जनाइएको छ । दिउँसो १२ः३० देखि १ बजेसम्म दुवै नेताले सम्बोधन गर्ने समय तालिका निर्धारण गरिएको छ । वरिष्ठ नेता शाहले १२ः३० देखि १२ः४५ बजेसम्म विशेष सम्बोधन र सभापति लामिछानेले १२ः४५ देखि १ बजेसम्म प्रमुख सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ ।