• २४ वैशाख २०८३, बिहिबार

मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

blog

भवानीदत्त भट्ट
कञ्चनपुर, वैशाख २४ गते ।
कञ्चनपुरमा विपरीत दिशातर्फ गइरहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते हुनुभएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्री सडक खण्डमा बुधबार उत्तरबाट दक्षिण तर्फ गइरहेको म २ प ५०५५ नम्बरको मोटरसाइकल र उत्तरतर्फ गइरहेको से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ५९१३ नम्बरको मोटरसाइकलमा सवार चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार, मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका ४५ वर्षीय मीन बहादुर जागरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुकी मृत्यु भएको हो ।

दुर्घटनामा परि सोही मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय मङ्गल महरा र ५०५५ नम्बरको मोटरसाइकल चालक ४२ वर्षीय कम्मानसिंह ठगुन्ना घाइते हुनुभएको छ । घाइतेको कैलाली स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रनाउ शाहीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।