गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २३ गते । घाइते जेनजी नेपाल संस्थाले बादल राई (भोजपुर)को नेतृत्वमा २३ सदस्यीय कार्य समिति चयन गरेको छ । सोमबार आयोजित साधारणसभाबाट नयाँ कार्य समिति चयन गरिएको अध्यक्ष राईले बताउनुभयो ।
संस्थाको उपाध्यक्षमा दीपक भाट (अछाम), महासचिवमा सञ्जिव झा (रौतहट) चयन हुनुभएको छ । त्यस्तै, सचिवमा कृष्ण थापा (जाजरकोट), कोषाध्यक्षमा समिता कार्की चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा क्रमशः कुशलराज उपाध्याय, सुरेन्द्र बुढाथोकी, रबिन गौतम, दिपेन गुरुङ, सर्वेशकुमार, कृष्ण सुनार, सूर्यसन प्रजापती, ललितमान लामा, आशिष कार्की, रबि भण्डारी, सुरेश सापकोटा, दयानन्द गिरि, अर्यान अधिकारी, सङ्घर्ष भुषाल, लोकेन्द्र खड्का, लोकराज उपाध्याय र नारायण खड्का चयन हुनुभएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । करिब २ हजार ७०० जना घाइते भएका थिए । घाइते जेनजी नेपाल संस्था २०८२ असोजमा गठन भएको थियो ।
नवगठित समितिले घाइतेहरूको हक–अधिकार सुनिश्चित गर्ने, उनीहरूको उपचार, पुनर्स्थापना तथा सम्मानजनक जीवनयापनका लागि सरकारसँग सहकार्य गर्ने र भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। सङ्गठनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिता स्थापित गर्न सशक्त भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ।