शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, वैशाख २१ गते । कैलालीमा तालिमरत प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृृत्यु भएको छ । छाती र टाउको दुखेर बेहोस हुनुभएका दार्चुलाको नौगाड गाउँपालिका–१ का महेश महताको उपचारको क्रममा ज्यान गएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालय बनबेहडाका अनुसार सोमबार राति १ बजेबाट छाती र टाउको दुखेपछि उपचारका लागि उहाँलाई अत्तरियास्थित सशस्त्र प्रहरीको फिल्ड अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि अत्तरिया अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । परीक्षणका लागि मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यसअघि, स्वास्थ्य परीक्षणमा पूर्ण स्वस्थ महता अचानक बिरामी परेका जनाइएको छ ।