मेष राशि :
सामान्य अस्वस्थताको योग रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । स्थान परिवर्तन एवं यात्राको योग छ । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ । नयाँ कामको अवसर प्राप्त हुने सम्भावना रहेको छ । अनावश्यक विवादमा पार्न सक्ने योग रहेकाले बोलीचालीमा विचार पु¥याउनु पर्ला । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।
वृष राशि :
शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहने छ । परिवार एवं सन्तानको चिन्ताले केही सताउला । खर्चको मात्रा बढेर जाने छ । लेनदेनसम्बन्धी काममा विशेष सावधानी अपनाउनु पर्ला । आफन्त एवं परिवारको साथ सहयोग राम्रै पाइने छ । अध्ययन अध्यापनमा क्रमशः सुधारको योग रहेको छ । महिनाको पूर्वार्धमा अनावश्यक बाधाअड्चन आइपरे पनि उत्तरार्धमा हटेर जानुका साथै धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।
मिथुन राशि :
उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । मनले सोचेका योजना क्रमशः बन्दै जाने छन् । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । साथीभाइ एवं आफन्तजनको सहयोग मिल्नुका साथै नयाँ कामको अवसरसमेत मिल्ने सम्भावना रहेको छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ होला । पठनपाठनमा आएका बाधाअड्चन हटेर जाने छन् ।
कर्कट राशि :
अनावश्यक दौडधुप केही बढी नै पर्ने देखिन्छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनु पर्ला । सन्तान एवं पारिवारको चिन्ताले पिरोल्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्नेछन् । महिनाको प्रारम्भमा नै स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी बढेर जाला । महिनाको उत्तरार्धमा बोलीको प्रभावले ठुला व्यक्ति प्रभावित हुनुका साथै महत्वपूर्ण काम बन्ने छन् । सामाजिक काममा अभिरुचि लाग्ने छ । रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।
सिंह राशि :
कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ । घरायसी झमेला थपिएर जाला । मानसिक अस्थिरता एवं दुविधा बढेर जाने छ । नजिकको व्यक्तिबाट विश्वासघात हुन सक्ने देखिएकाले सावधानी अपनाउनु पर्ला । घरायसी खर्चको मात्रा बढेर जाने छ । महिनाको उत्तरार्धमा आर्थिक पक्षका कामबाट राम्रै सफलता मिल्नुका साथै इष्टमित्रसँगको भेटघाट एवं मनोञ्जनका अवसरसमेत मिल्ने छन् ।
कन्या राशि :
शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहने छ । मनोबल उच्च रहनुका साथै कार्यक्षमतामा समेत वृद्धि भएर जाने छ । प्रतिस्पर्धामा महत्वपूर्ण सफलता प्राप्त होला । रोकिएका काम क्रमशः बन्दैजाने छन् । परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुने सम्भावना देखिन्छ । अध्ययन अध्यापनमा सामान्य प्रगति भएर जाला । महिनाको उत्तरार्धमा विविध उपहारको लाभ, धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।
तुला राशि :
पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक कार्यमा मन लाग्ने छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनु पर्ला । घरायसी खर्चको मात्रा बढेर जाने छ । रमाइलो पारिवारिक भेटघाटको अवसर मिल्ने छ । महिनाको उत्तरार्धमा धनागमका साथै इष्टमित्रको सहयोगले महìवपूर्ण काम बन्ने छ । उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना रहेको छ ।
वृश्चिक राशि :
कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना देखिन्छ । खर्चको मात्रा बढेर जाला । गर्न आँटेका काममा अनायासै अनावश्यक समस्या आइपर्ने देखिन्छ । सामान्य स्वास्थ्यसम्बन्धी उतारचढावको स्थिति देखापर्ने छ । महिनाको पूर्वार्धमा मनोरञ्जनका साथै आर्थिक लाभको सम्भावना रहेको छ । परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुने देखिन्छ ।
धनु राशि :
व्यर्थको दौडधुप पर्न जाने छ । शारीरिक आरोग्यता अनुकूल रहला । अनावश्यक खर्च बढेर जाने छ । लेनदेनसम्बन्धी आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने देखिन्छ । पठनपाठनमा सफलता मिल्ने छ । सामान्य विवादको सम्भावना देखिएकाले सतर्क भएर काम गर्नु पर्ला । पछाडिबाट कुरा काट्ने तथा रिस गर्नेहरू देखिने छन् । महिनाको पूर्वार्धमा अनावश्यक विवाद, व्यर्थको खर्च आइपरे पनि उत्तरार्धमा सफलता एवं धनागमका अवसर मिल्ने छन् ।
मकर राशि :
सफलताको महिना रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । प्रतिस्पर्धामा सफलता मिल्ने छ । साथीहरूसँगको भेटघाटले मन रमाउने छ । आर्थिक पक्षका कामबाट राम्रै सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक कार्यमा मन लाग्ने छ । कर्मचारीवर्गका लागि पदोन्नतिको सम्भावना देखिन्छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा समेत अभिरुचि लाग्ने छ ।
कुम्भ राशि :
शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहला । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य प्रगति हुने योग छ । गरेको कामको प्रशंसा हुने छ । आर्थिक पक्षका काममा सफलता मिल्ने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । हर्ष, आनन्द एवं मनोरञ्जनका अवसर मिल्ने छन् । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना देखिन्छ ।
मीन राशि :
कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रमका साथै मानसिक तापसमेत बढेर जाने छ । गर्न आँटेका काम तथा मनले सोचेका योजनामा ढिलासुस्ती गराउने देखिन्छ । दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी बढेर जाने छ । महिनाको पूर्वार्धमा व्यर्थको दौडधुप पर्न जाला । घरायसी खर्चको मात्रा बढेर जाने छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनु पर्ला । ठुला लगानी एवं लेनदेनसम्बन्धी आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने देखिन्छ । महिनाको उत्तरार्धमा धनागमको योग रहेको छ ।