समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।
निर्वाचन सुरक्षामा कमी कमजोरी नगरी खटिन महानिरीक्षक अर्यालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
कल सेन्टरमा जिज्ञासाको चाङ : मतदाता नामावली र आचारसंहितामा बढी चासो
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आकर्षण बढेको छ । माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको छ ।
कांग्रेस सभापति थापालाई सर्लाहीमा स्वागत
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार दिउँसो सर्लाही आइपुग्नुभएको छ ।
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् ।
आचारसंहिता उल्लङ्घन : मुख्यमन्त्रीदेखि उम्मेदवारसम्मलाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीदेखि विभिन्न उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको छ।
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
कञ्चनपुर–२ मा महिला मतदाता धेरै, उम्मेदवार एक मात्र
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट मत खसाल्ने महिला मतदाताको सङ्ख्या तुलनात्मकरुपमा बढी रहेको छ । ३० वडा रहेका क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५७४ मतदाता छन् ।
सप्तरीमा १०२ उम्मेदवार, दलको टिकटमा सात महिला
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ सात जना महिला राजनीतिकदलको टिकट लिएर उम्मेदवार बन्नुभएको छ ।
आफ्नै चुनाव चिह्नमा मत खसाल्दै एमाले र कांग्रेस
चितवनको निर्वाचन क्षेत्र नं. ३ मा प्रमुख राजनीतिक दल नेकपा (एमाले) र कांग्रेसले १२ वर्षपछि आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा–२०७० मा आफ्नै चुनाव चिह्नमा मतदान गरेका यहाँका मतदाताले २०८२ फागुनमा हुने निर्वाचनमा आआफ्नै निर्वाचन चिह्नमा मतदान गर्न पाउने भएका हुन् । २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो । अघिल्लो पटक बाँकेबाट पराजित भएपछि जित्ने ठाउँ खोज्दै कोइराला चितवन–४ आउनुभयो । त्यस समयमा चितवनमा पाँच वटा निर्वाचन क्षेत्र थियो ।
नेपाली कांग्रेस बन्यो ठुलो दल
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो । १७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य सङ्ख्या राष्ट्रिय सभामा २५ पुगेको थियो तर राष्ट्रिय सभाको आइतबार सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनको मतपरिणामले सभामा दलको हैसियत बदलेको छ ।
एक मतदान केन्द्र नौ कर्मचारी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना निजामती कर्मचारी खटाउने गरी कर्मचारी व्यवस्थापन गरिरहेको छ ।
चुनावी मैदानमा नौ दलित
आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जम्मा नौ जना दलित समुदायका व्यक्ति प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका छन् ।
यी हुन् राष्ट्रिय सभाका १८ नयाँ सदस्य
आइतबार देशका सातै प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) जसपा गठनबन्धनका १८ उम्मेदवार विजयी बन्नुभएको छ। ६ प्रदेशमा एमाले र कांग्रेसले गठबन्धन गर्दा मधेश कांग्रेसमा जसपा समेटिएको छ ।
मधेश प्रदेशमा कांग्रेस, एमाले र जसपा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत मधेश प्रदेशमा चार सिटका लागि आइतबार भएको मतदानको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबिच भएको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ।
बागमतीबाट राष्ट्रिय सभा सदस्यमा देवकोटा र दङ्गाल विजयी
राष्ट्रिय सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
सुदूरपश्चिमबाट खाती र भण्डारी निर्वाचित
राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।
गण्डकीबाट राष्ट्रिय सभामा देवकोटा र तिमिल्सिना विजयी
राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ ।
राष्ट्रियसभा सदस्यमा कर्णालीबाट शाही र रखाल
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाली कांग्रेसका उम्मेदवार ललितजङ्ग शाही र नेकपा (एमाले) का उम्मेदवार मिनासिंह रखाल बिजयी हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनः कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।
राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा १४ मतदाता अनुपस्थित
राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा कोशी प्रदेशका पाँच जना सांसद र नौ जना स्थानीय तहका पदाधिकारीसहित १४ जना मतदानमा अनुपस्थित भएका छन् ।
मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न : ३४१ जनाले मतदान गर्दा २३ अनुपस्थित
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत मधेश प्रदेशमा चार सिटका लागि मतदान सम्पन्न भएको छ।