राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा दुई सय २० मत खस्यो
दुई जना प्रदेश सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा आज भएको निर्वाचनमा २२० मत खसेको छ ।
लुम्बिनी प्रदेशः राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरू भएको छ। दाङको घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा २८६ जनाले गरे मतदान
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि दुई सय ८६ जनाले मतदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गर्नुभएको हो ।
गण्डकीमा २२३ द्वारा मतदान, तीन अनुपस्थित
राष्ट्रिय सभा सदस्यको आइतबार भएको मतदानमा गण्डकी प्रदेशमा दुई सय २३ जनाले मतदान गर्नुभएको छ। स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी एक सय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हाल्नुभएको हो।
पार्टीका उपत्यकाभित्रका उम्मेदवारसँग साहले गर्नुभयो छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारसँग रणनीतिक छलफल गर्नुभएको छ।
सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्यको निर्वाचन मर्यादित बनाउन साइबर ब्युरोको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
राष्ट्रिय सभा नेकपा संसदीय दलको नेतामा भुसाल
नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।
मधेस–प्रदेशमा तीन सय बढीले गरे मतदान
मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ बजेसम्म तीन भन्दाबढीले मतदान गर्नुभएको छ ।
राष्ट्रियसभा चुनावः गण्डकीमा २२१ मतदाताद्वारा मतदान
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गर्नुभएको छ।
लुम्बिनीमा दुई सय ७० जनाले गरे मतदान
लुम्बिनी प्रदेशमा जारी राष्ट्रिय सभा निर्वाचनमा हालसम्म २७० जना मतदाताले मतदान गरेका छन् । १ बजेसम्म प्रदेश सभा सदस्यतर्फ ७७ जना र स्थानीय तह सदस्यतर्फ १९३ जनाले मतदान गरेका छन्।
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान
राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
लुम्बिनी प्रदेशमा अहिलेसम्म २०४ मत खस्यो
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहान ११ः४५ बजेसम्म २०४ मत खसेको छ। दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहानैदेखि मतदान जारी छ।
अध्यक्ष ओली र पूर्व प्रमुख साह आमने–सामने
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहबिच पब्लिक डिबेटमा आउने विषयलाई लिएर तर्क वितर्क सुरुभएको छ । आइतबार विहान ८ बजेतिर अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पब्लिक डिबेटको लागि आफू तयार रहेको भन्दै स्टाटस पोष्ट गर्नुभएपछि त्यसको करिब दुई घण्टापछि साहले ओलीकै स्टाटसमा जवाफ फर्काउनुभएको हो ।
विकासका एजेण्डासहित चुनावी मैदानमा पूर्व शिक्षामन्त्री पौडेल
नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुग्नुभएको छ ।
सीमावर्ती गाउँका मतदाता उत्साहित
महोत्तरीको सीमावर्ती क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका मतदाता फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उत्साहित भएका छन् । महोत्तरीका संवेदनशील मतदान केन्द्रको शनिबार स्थलगत अनुगमनका क्रममा सीमावर्ती ग्रामीण क्षेत्रका मतदातामा ज्यादै नै उत्साह देखिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान सुरु
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा पहिलो मतदान कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको छ ।
पुरानालाई नयाँ उम्मेदवारको कडा चुनौती
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न वितरण गरेसंगै बाँकेमा उम्मेदवार निर्वाचनको प्रचारप्रसारमा लागेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले जनताको घरदैलोमा पुग्ने योजना बनाएर घरदैलो अभियानलाई औपचारिक रूपमा सुरु गरिसकेका छन् । बाँकेको क्षेत्र नं. १ र क्षेत्र नं. २ मा पुराना उम्मेदवारलाई यस पटक नयाँ उम्मेदवारले कडा चुनौती दिने स्थानीय मतदाताको भनाइ छ ।
निरन्तर प्रतिस्पर्धामा चन्द्र र प्रदीप
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. १ मा मुख्य दलबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रीयस्तरमा नै प्रभावशाली नेताका रूपमा स्थापित मुख्य दलका नेताबिच नै प्रतिस्पर्धा हुने भएकाले गुल्मी क्षेत्र नं. १ को निर्वाचनलाई जिल्लाबाहिरबाट पनि विशेष रूपमा हेरिन थालिएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतदान सुरू
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया सुरू भएको छ । प्रदेशमा तीन सिटका लागि आठ उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ ।
कैलाली क्षेत्र नं. १ चुनावी चर्चामा
हरेक निर्वाचनमा नयाँ उम्मेदवार जिताएर चक्मा दिने कैलाली जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ मा यस पटकको चुनाव पनि रोचक हुने भएको छ । विसं २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरमा जितेको यो क्षेत्रमा सो पार्टी विभाजन भएर चार टुव्रmा भएपछि भने नतिजा के होला भन्ने चासो सबैमा बढेको छ ।
राष्ट्रिय सभा निर्वाचन दुई पदका लागि छ जना प्रतिस्पर्धा
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा आइतबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ ।
राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा ३ सिटका लागि ८ जना प्रतिस्पर्धी
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशमा तीन सिटका लागि आठ जनाबिच प्रतिस्पर्धा हुँदैछ ।
‘समुन्नत नेपालको अवधारणा साकार हुन्छ’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक रूपान्तरणमार्फत समुन्नत नेपालको अवधारणा साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सर्लाहीका मतदातासँग शनिबार काठमाडौँमा सम्पन्न अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले युवापुस्ताको परिवर्तनको आकाङ्क्षा र मुद्दालाई समयसापेक्ष कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभएको हो ।